धरान/तेस्रो अन्तर्राष्ट्रिय योग दिवशको अवसरमा धरानमा पतञ्जली योग समिति र महिला पतञ्जली योग समितिले बुधबार योग दिवस मनाएका छन् ।

धरान–४ पुरानो अस्पतालबाट भानुचौकसम्म र्याली निकाल्दै योग दिवश मनाएको हो । जसमा ब्रम्हकुमारी राजयोगसमेतको सहभागिता रहेको थियो । स्वस्थ्य रहनको लागि योग गरौं भन्दै समितिले जनचेतनामूलक र्याली आयोजना गरेको हो ।
भानुचौकमा कोणसभा गर्दै अध्यक्ष सुमनमान स्थापित, सामाजिक अभियन्ता राजिव हलुवाई, धरान जेसिजका अध्यक्ष सन्दीप श्रेष्ठ, ब्रम्हकुमारी राजयोगका विनोद तखाछेलगायतले बोलेका थिए ।
यसैबीच धरान जेसिजले पनि आफ्नै हलमा योग शिविर कार्यक्रम सम्पन्न गरेको छ । योग समितिको प्राविधिक सहयोगमा धरान–३ स्थित हलमा योग शिविर आयोजना गरेको हो । बुधबार विश्वभरी योग दिवस मनाइएको थियो ।