स्थानिय तह निर्बाचनमा एमालेबाट मेयरका उमेद्धारी दर्ता गराउनु भएको छ,मनमा कस्तो अनुभुती हुदैछ ? मैले गरेको राजनैतिक त्याग,लगनशीलता र म भित्रको संभावनालाई मुल्याङकन गरेर एमालेले मलाई मेयरको टिकट दियो,मनोनयनपनि दर्ता गराए ,मनमा एक किसिमको खुसी पैदा भएको छ,अब नेता भएर हैन,जनताबाट निर्बाचित प्रतिनिधिको रुपमा धरानको बिकाश गर्ने योजना र सपना बोकेर चुनाबी मैदानमा आएको छु ।धरानबासीबाट सहयोग पाउछु भन्ने लागेको छ ।मनमा जति सक्दो छिटो निर्बाचित भएर बिकाशका काममा लाग्न पाउ जस्तो भइरहेको छ । धरानको स्थाई बासिन्दा पनि हुनुहुन्छ, धरानलाई कसरी बुझ्नु भएको छ ? म २०३५ साल देखि धरानमा बसोबास गरिरहेको छु । धरान नेपालको ऐतिहासीक शहर हो । यदि धरानलाई ऐतिहासिक शहरको रुपमा राखिएन भने धरानप्रति अन्याय हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनको जग धरान हो । अझ नेकपा एमालेको लागि त धरान ‘पावर प्वाइन्ट’ नै हो ।जनताको प्रिय नेता स्वर्गिय मनमोहन अधिकारीले चुनाब लडेर जितेको ठाउ हो धरान । धरानबाट जितेर गएपछि नै उहाँले सामाजीक सुरक्षा भत्ता,आफ्नो गाँउ आफै बनाउ जस्ता कार्यक्रमहरु सुरुवात गर्नु भएको थियो । धरानको त्यो ऐतिहासिक पक्षलाई मैले नजिकबाट हेर्न पाएको छु ।अर्को पक्ष भनेको धरानको सांस्कृतीक पक्ष हो । धरान बहुभाषिक,बहुजातीय,बहु सांस्कृतीक शहर हो । धार्मिक सहिष्णुदाको सन्देश बोकेको शहर हो,शिक्षा,स्वास्थ्य,पर्यटन र बसोबासका लागि प्रसिद्ध ठाउपनि हो धरान । धराने जनताले तारा सुब्बालाई अथवा एमालेलाई भोट किन दिने ? पहिलो कुरा त धरानको बिकाशको मुद्धालाई सुरु गर्ने पार्टि एमाले हो,यो कुरा धरानबासीलाई थाहा छ । अर्को कुरा भनेको हामीले सुरु गरेको ‘सुन्दर धरान’ निर्माणको अभियानलाई पुरा गर्नु छ । जो सँग भिजन छ उसैको नेतृत्वमा बिकाश हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । धरानको बिकाश गर्ने प्रसस्त भिजन एमालेले पहिलेबाट नै तयार गरेर राखेको छ ।अब जनताको मत लिएर त्यसको कार्यन्वयन गर्ने पक्षमा हामी छौ,धरान बासिले हाम्रो धरानलाई बिकाश गर्ने संकल्प पुरा गर्न भोट दिनुहुन्छ भन्ने हाम्रो पुर्ण बिश्वास छ । ब्यक्तिगत रुपमा कस्तो धरान बनाउने कल्पना गर्नु भएको छ ? मेरो ब्यक्तिगत योजना र पार्टिगत योजना एउटै हो भन्दा फरक नपर्ला । हामीले चाहेको धरान भने ‘सुन्दर धरान’ हो । सुन्दर धरान भित्र धेरै पक्षहरु समेटिएका छन् । धरानका हरेक कुनामा पक्कि सडक पु¥याउने र सडकका छेउ छेउमा बगैचा बनाउने र छुटै साईकल रुट बनाउने ,हरेक घरमा करेसाबारी तथा फुलबारी बनाउन प्रोत्साहन सहित सहयोग गर्ने र धरानलाई फुलबारीको शहर तथा बगैचाको शहरको रुपमा बिकाश गर्ने,निरन्तर खानेपनि र बिजुली उपलब्ध गराउने हाम्रो योजना छ । त्यसैगरि धरानबासीमा मुख्य समस्याको रुपमा रहेको एकिकृत सम्पती कर को समस्यालाई हामीले बैज्ञानिक हिसाबले समाधान गर्न खोजेका छौ । अर्को समस्या के छ भने धरानमा पहिले नापी हँदा सडक वा सार्बजनिक जग्गाको लगतकट्टा नुहँदा नगरबासीले ले त्यसको कर तिरीरहनु परेको छ,हामी त्यसलाई तत्काल समाधान गर्न चाहान्छौ । धरानका वरिपरी रहेका सबै डाँडालाई हरियो बनाएर भ्यु प्वाइन्टको रुपमा बिकश गर्ने र साहसिक खेललाई प्रर्बधन गर्ने योजना पनि हामीले तयार गरेका छौ । यहाँ बसोबासर गर्ने जातिजातीका सांस्कृतीक उत्वसबहरुलाई महत्व दिएर ‘सांस्कृतीक अध्ययन केन्द्र’ को रुपमा बिकाश गर्ने हाम्रो सोच छ ।धरान आउने जो कोहीले पनि ‘वाहा धरान’ भन्न सकोस ,कसैले संस्कार र संस्कृतीका बिषयमा बुझ्न चाहादा,बिकाशका नमुना कार्यक्रमको बारेमा बुझ्न चाहादा धरान आउने अबस्था होस् भन्ने हाम्रो योजना छ । धरानमा निकै ठुलो समस्याको रुपमा रहेको सुकुम्बासी समस्या लाई कुन रुपमा हेर्नु भएको छ ? सुकुम्बासी समस्यालाई समाधान गर्न हामीले पहिलेबाट नै प्रयास गरेका हौ । सुकुम्बासीलाई जमिनको स्वामित्व नदिईकन समस्या समाधान हुदैन,सुकुम्बासीहरुलाई जमिनको स्वामित्व दिउ भनेर पटक पटक हामीले छलफल चलाएका छौ तर केही प्राबिकि समस्याहरु आए । अब नामै त नलिउ धरानका केही राजनैतिक दलहरुले यसको बिपक्षमा उभिए । म यहाँबाट नै के स्पस्ट पार्न चाहान्छु भने सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने एमालेको पहिलो काम हुने छ । नगरबाट सकिन्छ की,प्रदेशबाट सकिन्छ की वा केन्द्रबाट सकिन्छ कानुन बनाएर भएपनि धरानका सुकुम्बासीलाई जग्गाको स्वामित्व हामी दिलाएर छाड्छौ। जग्गाको स्वामित्व दिएर आयआर्जनका लागि सहुलियत दरमा ऋण प्रदान गर्ने हाम्रो स्पस्ट भिजन छ । सबैकुरा एकैपटक पुरा हुदैन तर म के स्पस्ट पार्न चाहान्छु भने अबको पाँच बर्ष भित्रमा धरानमा सुकुम्बासी छन र ? भन्ने अबस्था आउछ । धरानका सबै सकुबासी बस्तीहरुलाई नमुना बस्तीको रुपमा बिकाश गर्ने हाम्रो अभियान छ हामी यो गर्छौं । धरान त भुप्ु ब्रिटिस आर्मिहरुको बसोबास रहेको ठाउ,धरकानको बिकाशमा उहाँहरुको योगदानको निकै चर्चा हुने गरेको छ,भुपुहरुको बिषयमा चै के योजना ल्याउनु भएको छ ? सुन्दर धरान बनाउने अभियानको प्रेरणा उहाँहरुको पनि हो ।भुपुहरुको अनुभब र शिपलाई हामी धरानमा चिनाउन चाहान्छौ । गार्खाहरुको गौरबको थलोको रुपमा धरानलाई बिकाश गर्ने हाम्रो योजना छ । हामीले २०५४ सालमा सुरु गरेको धरानमा‘ जनसहभागितामा बिकाश ’ अभियानमा भुपु हरुको सहयोग र अनुभबनै हाम्रालागि महत्वपुर्ण बन्यो ।गोर्खा भुतपुर्व शैनिकहरुले धरानलाई धेरै कुरापनि दिनु भएको छ । धरान उपमहानगरपालीका आफुले गर्नुपर्ने काम आज भुपुहरुले गरिरहुनु भएको छ । धरानको शैनिक भवन,ब्रृटिस कम्युनिटी हल,माछामारामा बन्दै गरेको बृटिस पार्क,गोर्खा सहकारी तथा गोर्खा सपिङ महल जस्ता आर्कषक र आबश्यक भौतिक सम्पतीहरु धरानमा उहाँहरुले दिनु भएको छ । यस्ता धेरै कार्यहरु उहाँहरुबाट भएका छन्,हामीले उहाँहरु सँग सहकार्य गरेर अगाडी बढ्छौ । धरानमा रिङरोड बनाउनु पर्छ भनेर पहिलेबाट नै योजनाहरु सार्बजनिक गर्नु भएको थियो,आफ्नै खर्चमा सर्बेपनि गराउनु भएको छ रे ?सम्भब छ रिङरोड बनाउन ? हो हामीले धरानमा रिङरोड बनाउने भिजन तयार गरेका छौ,प्राबिधिकहरुको सहयोग लिएर एक प्रकारको डिजाइनपनि तयार गरेका छौ । अब धरान उपमहानगरपालीकामा हाम्रो नेतृत्व हुन साथ हामी यसलाई पनि अगाडि बढाउने छौ । धरानको तिनकुनेबाट वीपी जाने बाटो हुदै सर्दुखोलाको डिलबाट रिङरोड बनाउने हाम्रो योजना छ । पछिल्लो समय सडक मापदण्डले केही प्राबिधिक समस्याहरु ल्याएको छ तर यसलाई मिलाएर धरानमा रिङरोड बनाउने हाम्रो ध्येय छ । धरानमा रिङरोड बन्छ र सभ्भब छ । धरानलाई खेलकुदको शहर‘स्पोर्ट सिटी’ बनाउने घोषणा गर्नु भएको छ,घोषणा मात्रै हो की योजनापनि आउछ ? धरान त अहिलेपनि ‘स्पोर्टसीटी’ हो नी ।नेपालका कुनै ठाउ पनि छैनन जहाँ धरानका जस्ता सबै खेलका खेलाडीहरु उत्पादन हुन सकुन । हरेक खेलमा धरान अगाडि छ । अब हामीले हरेक खेललाई बिद्यालयबाट नै बिकाश गर्ने र हरेक बिद्यालयमा अनिबार्य स्पोर्टस टिचरको ब्यबस्था गरेर बिद्यालयबाटै खेलाडि उत्पादन गर्ने सोच बनाएका छौ ।जब खेलको बिकाश हुन्छ तब कुनैपनि शहरको बिकाश हुन्छ यो हामे बुझाई हो । धरान नेपालको ‘स्पोर्ट सीटी’ बनाउनु पर्ने ठाउ हो बन्छ पनि । धरान त बहुजातीय,बहुसांस्कृतीक सहरपनि हो,यसमा के योजना ल्याउनु भएको छ ? सबैभन्दा पहिले त धरानमा बन्दै गरेको बहुजातिय संग्राहलयको निर्माण कार्य तत्काल सम्पन्न गर्ने योजना रहने छ । धरान १४ स्थित बिजयपुर गडिमा रहेको बिजयपुर दरबार क्षेत्रको संम्रक्षण र सांस्कृतीक बिज्ञहरुको रायको आधारमा दरबारको संम्रचनाको परिकल्पना गरेर १८२५ मा जस्तो दरबार थियो त्यस्तै आकारमा बनाउने प्रयास गरिने छ ।त्यसको ऐतिहासिक महत्वलाई जोगाउन सरोकारवाला सँग राय लिएर हामी कार्य गर्ने छौ । साकेला पार्क तथा थानहरुलाई बिषेश महत्व दिएर संम्रक्षण गर्ने,मन्दिर,गुम्बा,मस्जित ,चर्चहरुकोपनि संम्रक्षण र बिकश गर्न समान कार्यक्रमहरु ल्याउने तयारी छ । तपाई मेयर भएपछि खानेपानी,बसपार्क,बिमानस्थल जस्ता क्षेत्रमा के परिबर्तन आउनला ? धरानको खानेपानीको समस्या समाधान गर्न अहिले चलिरहेको खानेपानी योजनालाई हामी तत्काल सम्पन्न गरेर धरानबासीलाई निरन्तर खानेपानी उपलब्ध गराउने छौ र धरान आसपासमा रहेका मुहानहरुलाई संम्रक्षण गर्न बिषेश कार्यक्रमपनि ल्याउने छौ । धरान बस पार्कको समस्या समाधान गर्न हामीले २०५४ सालबाट नै कार्य थालेका थियौ तर हामीसँग काम गर्ने अधिकार नभएका कारण सम्पन्न गर्न सकेनौ । बसपार्कको समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहने छ । बिमान स्थल धरानमा आबश्यक छ । बिमानस्थलका लागि अहिले वातावरणीय प्रभाब मुल्याङकन भएको छ । अब प्रस्ताबित बिमानस्थल निर्माण क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई बसोबास गर्ने अर्को बिकल्प खोजेर मात्र जग्गा थप गर्ने प्रकृया सुरु हुने छ । हामीले त्यहाँका सुकुम्बासीलाई स्वामित्व सहितको जग्गा दिएर मात्र हटाउनु पर्छ भनि रहेका छौ । अन्य राजनैतिक दलका साथीहरुले जग्गा कहाँ छ र दिनु ? भन्ने जस्ता अभिब्यक्ति दिई रहेको अबस्था छ ।तर एमाले रहुन्जेल सुकुम्बासीलाई उठीबास लाउने काम हुदैन । अब प्रस्ताबित बिमानस्थल निर्माण क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई बसोबास गर्ने अर्को बिकल्प खोजेर मात्र जग्गा थप गर्ने प्रकृया सुरु हुने छ । .धरानका बेरोजगार युवा युवती तथा निम्न आयस्तर भएका नागरिकका लागि के कार्यक्रम ल्याउनु भएको छ ? निम्न आयस्तर भएका परिवार र बेरोजगार युवायुवतीका लागि हामी पहिलो चरणमा निःशुल्क शिपको ब्यबस्था गर्छौ अनि उनीहरुलाई ब्यबासाय सञ्चालन गर्न बिना धितो ,सस्तो ब्याजमा ऋण उपलब्ध गराउने कार्यक्रमहरु हामी सँग छ । हामीले एउटा सामान्य परिवारको बार्षिक आम्दानी पाँच लाख पुग्ने कार्य कार्यक्रम ल्याउने तयारी गरेका छौ । पुरानो पाँचकन्या गाबिस तथा बिष्णुपादुका गाबिस (हाल धरान) का लागि के गर्ने सोच ल्याउनु भएको छ ? पुरानो पाँचकन्या र बिष्णुपादुका (हाल धरान)त यहाँका बिषेश क्षेत्र नै हुन । हामीले धरान ४,५ र ६ (पुरानो पाँचकन्या)मा औधोगिक क्षेत्रको स्थापना गर्ने योजना गरेका छौ भने त्यहाँ उत्पादीत कृषजन्य बस्तुको बिक्रीका लागि प्रबन्ध गर्ने र कोल्डस्टोर बनाउने सोच राखेका छौ । बिष्णुदाुका क्षेत्र त हरेक हिसाबले संभाबना बोकेको क्षेत्र हो । कृषी जन्य उत्पादन तथा पर्यटनको निकै राम्रो संभवाना बिष्णुपादुकाले बोकेको छ । हामीले त्यसका लागि छुटै योजना ल्याउछौ । तर पहिलो चरणमा त्यस क्षेत्रमा सडक सञ्जालको पहुच पु¥याउने हाम्रो तयारी छ । बहुभाषिक बिश्वबिद्यालय बनाउने योजना के हुदैछ ? धरानमा रहेको पिण्डेश्वर क्यामपसलाई बहुभाषिक बिश्वबिद्यालयको रुपमा बिकाश गर्ने हाम्रो पहिले देखिकै चाहाना हो । हामी यसलाई स्थापना गर्न प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर काम गर्छौ भने धरानका बहुभाषिक बिद्यालयचै तत्काल सुरु गर्छो । धरानमा बहुभाषिक बिद्यालय स्थापना गर्ने हाम्रो प्राथमिकता रहने छ । यसका साथै हामी धरानको बसोबासलाई आधार मानेर किरातहरुको किरात लिपी (यसलाई श्रीजङगापनि भन्ने गरिएको छ) र नेवारी समुादयको रञ्जना लिपीलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर नगर सभाबाट कानुन बनाएर यसको बिकाशका लागि काम गर्ने छौ । संस्कृत भाषालाई थप बिकाश गर्नपनि कार्यक्रमहरु ल्याउने छौ ।अन्य जातजातीको भाषा र लिपीलाई बिकास गर्न बहुभाषिक बिद्यालय र क्यामपसमा अध्ययनको ब्यबस्था मिलाउछौ ।हरेक जाती र समुदायको मौलिक भाषा र लिपीको बिकास र प्रयोग गर्न पाउनु पर्छ । पहिचानको बिकास यहिबाट सुरु हुन्छ । अन्यमा केही भन्नु छ की ? म धरानबासी सबैमा अपिल गर्छु,धरानको बिकार संबृद्धि,सबैको पहिचान स्थापित गर्दै सुन्दर धरान बनाउने योजनामा लागि परेका छौ । हामीले जतिपनि योजना ल्याएको छौ जति पनि निती ल्याएका छौ त्यसलाई पुरा गर्न एमालेको नै नेतृत्व आबश्यक पर्छ । म लागायत एमालेका उमेद्धारलाई सुर्य चिन्हमा मतदान गरेर हामीलाई बिजयी गराई दिनुहोस ,धरानको बिकाश र संबृद्धि गर्ने अवसर दिनु हास् भन्दै सबैमा जेठ १४ गते आफ्नो अधिकार प्रयोग गर्दै मतदान गर्न नछुटौ भन्दै सबैमा शुभेच्छापनि प्रकट गर्दछु । प्रस्तुती योगेशबाबु काफ्ले