इटहरी /पूर्वमै उत्कृष्ट अध्यापनको लागि अभिभावक र विद्यार्थीको मन जित्न सफल इटहरीको कोसी सेन्ट जेम्स स्कुल -कलेजले तीनपटकसम्म विद्यार्थीलाई प्लस टूमा पूर्वाञ्चल प्रथम गराउँन सफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयको वि.वि.एस. तर्फ बोर्ड सेकेण्डमा समेत विद्यार्थी पु¥याएर आज सुनसरीमा मात्रै होइन यो मावि-कलेज पूर्व क्षेत्रमै छुट्टै नाम स्थापित गर्न सफल भएको छ । २०५३ मा कोसी सेन्ट जेम्स माविबाट शूरु भएको कोसीमा २०६२ सालदेखि प्लस टू को कक्षा सञ्चालन भएको हो । शुरुदेखी नै व्यवहारिक शिक्षामा समेत जोड दिदै कोसीले व्यवस्थापन र विज्ञान विषयको अध्यापन गराउँदै आएको छ । दुुवै संकायमा हरेक वर्ष ५-५ जना विद्यार्थीहरुलाई उनिहरुको प्रतिभा र क्षमताको आधारमा दुई बर्षे पूर्ण छात्रवृत्ति प्रदान गर्न थाले पछि पूर्वका उत्कृष्ट विद्यार्थीहरुले समेत अवसर पाउँदै आएका छन् । ती विद्यार्थीहरुलाई “कोसी दुत” भन्ने गरिएको छ । सुन्दर प्रयोगशाला र पुस्तकालय उत्कृष्ट र अनुभवि शिक्षक - प्राध्यापकहरुद्वारा अध्यापन गराउने भएकोले पनि आकर्षण बढेको कार्यकारी प्रमुख शशी श्रेष्ठले बताए । अनुशासनको क्षेत्रमा प्रशासन सर्वदा सजग र चनाखो रहनु पर्दछ । परम्परागत शिक्षण शैलीलाई सकेसम्म नवीन बनाउने प्रयास गर्ने गरिएको विद्यालयका अध्यक्ष मनु मञ्जिलले बताए । विद्यार्थीहरु कोसीमा धेरै रमाइ रमाइ पढ्ने र गौरवको अनुभूति गर्ने खास कारण रहेको पनि उनको भनाई छ । कम्प्युटर प्रयोगशालामा एकै पटक ४० जना विद्यार्थीहरु अभ्यास गर्छन । लाइब्रेरीमा एकै पटक ५० जना विद्यार्थीहरु शान्त भएर साहित्य, विज्ञान, प्रविधि, व्यवस्थापन, शिक्षा क्षेत्रमा पुस्तकहरु पढ्न सक्छन् । आवश्यक परेमा लाइब्रेरीमा इन्टरनेट सहितका कम्प्युटर सेवा उपलब्ध छन् । जसलाई विद्यार्थीहरुले खोज र अनुसन्धानका लागि उपयोग गर्न सक्छन् । अङ्ग्रेजी र नेपाली दुवै माध्यमा पढाइ हुने यस कलेजबाट पास भएका विद्यार्थीहरु आज चार्टर्ड एकाउन्टेन्ट, बैंकर, प्राध्यापक तथा अनेक संस्थाहरु हाक्ने व्यक्तीत्व विकास गरि उच्च व्यवसायिक जिवन यापन गरिरहेको पनि प्रिन्सिपल अन्नत कुमार सुवेदीले बताए । साथै स्कुल तथा कलेजमा खेलकुद, सौन्दर्य प्रतियोगिता, हाजिरी जवाफ, वक्तृत्वकला, नृत्य, समाजसेवा हेर्ने एउटा छुट्टै विभाग छ भने विद्यार्र्थीको मेधा वा प्रतिभा तथा आचरण वा अनुशासनमा समेत जोड दिने गरिएको सञ्चालकको भनाई छ । देशका ख्यातिप्राप्त सङ्गीतकार, कवि, लेखक, बैंकर, कलाकार, बैज्ञानिक, प्राध्यापक आदिलाई विशेषरुपमा निमन्त्रणा गरेर विद्यार्थीहरुसित अन्तरक्रिया गराउने गरेको विद्यालयले जनाएको छ ।
































