धनकुटा/नेपाल सरकारको लगानीमा खानेपानी तथा सुपरिवेक्षण क्षेत्रिय कार्यालय धनकुटा मार्फत निर्माण कार्य संचालन भईरहेको कुरुलेतेतनुपा खानेपानी आयोजना कछुवाको गतिमा अघि वढीरहेको भन्दै स्थानियले गुनासो गरेका छन् ।कुरुलेतुनपा खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपीकृष्ण भण्डारीले आयोजना संचालन भएको दुई वर्ष वित्न लाग्दा पनि १० प्रतिशत निर्माण कार्य नसकिएको वताएका छन् । आ.व.०७२÷०७३ वाट साडे ८ करोडको लागतमा शुरु भएको आयोजनाले हालसम्म खानेपानीको मुहान स्थानिय जरुवा खोलामा इन्टेक निर्माण देखी फिडर र वितरणका ६ वटा १२ हजार लिटर पानी आट्ने ट्याङ्गकी निर्माण भएको अध्यक्ष भण्डारीले वताएका छन् । उनले खानेपानीको मुहान स्थानिय जरुवा खोलादेखी खानेपानी वितरण गर्न निर्माणधिन रहेको कुरुलेतेनुपा–३ वन्दुके डाँडासम्म ७ सय ४० मिटर भर्टिकल दुरी रहेको वताएका छन् । अध्यक्ष भण्डारीले ७ सय ४० मिटर लम्वाईको दुरीवाट उकालोवाट खानेपानी पम्प सिष्टमवाट तानेर वन्दुके डाँडामा निर्माणधिन १ लाख लिटरको ट्याङ्गकीमा जम्मा गरेर वितरण गरिने वताएका छन् ।
उनले अघिल्लो आर्थिक वर्षमा कुरुलेतेनपा खानेपानी आयोजना निर्माणको लागी १४ लाख र चालु आर्थिक वर्ष ०७३÷०७४ मा ७ लाख, ५० हजार रुपयाँ खानेपानी अनुगमन तथा सुपरिवेक्षण क्षेत्रिय कार्यालय धनकुटा मार्फत प्राप्त भएको वताएका छन् । भण्डारीले आयोजना संचालन भएको २ वर्षको अवधीमा पम्प गरेर पानी तान्नको लागी आवश्याक पर्ने ट्रान्मिसन लाईनको फिडर ट्याङ्गकी ३, वितरण ट्याङ्गकी ३ वटा र १ लाख लिटरको वितरणको मुख्य ट्याङ्गकी वन्दुके डाँडामा निर्माण भै रहेको वताए । यो चालु वर्षको अन्त्य सम्ममा १५ लाख रुपयाँको लगानीमा निर्माण भैरहेको टयाङ्गकी निर्माण गरिसक्नु पर्ने वताए । साडे ८ करोडको योजना शुरु भएको तिन वर्षमा १ करोड वरावरको समेत काम नभएको र यहि गतिमा योजना चल्ने हो भने १० वर्षमा पनि नसकिने स्थानिय वन्दुके डाँडा कुरुलेतेनुपा निवासी उपभोक्ता दिर्घमान तामाङले ब्लाष्टलाई वताए । उनले खानेपानी योजना संचालनमा खानेपानी सुपरिवेक्षण कार्यालयले गम्भिर भएर चासो नदिएको आरोप लगाएका छन् । साथै, उनले आयोजना निर्माण उपभोक्ता समितिले पनि निर्माण कार्य कछुवाको गतिमा सुस्त ढंगले गरिहेको गुनासो गरेका छन् । यता खानेपानी तथा सुपरिवेक्षण क्षेत्रिय कार्यालय धनकुटाका साईड इन्जिनियर देवकान्त चौधरीले भने उपभोक्ता तोकेको समयमा काम नगरेको गुनासो गरेका छन् । उनले ८ सय मिटर अल्टिच्युट भर्टिकल उचाईको कुरुलेको खानेपानी आयोजना कुल लागत ८ कारोड, १३ लाख, ९७ हजार रहेको वताएका छन् । उनले आयोजना आ.व.०७१÷०७२ वाट शुरु भएको वताए । चौधरीले साविक कुरुलेतेनुपा गाविसका ९ वटै वडामा वसोवास गर्ने ५ सय ६५ घरधुरीका २८ सय जनसंख्या खानेपानी पु¥याउने लक्ष्य रहेको आयोजनाले राखेको वताएका छन् । जरुवा खोला मुहानवाट तानेको पानी जम्मा हुने ट्याङ्गकी वन्दुके डाँडामा झर्दा प्रति सेकेण्ड ५.२ लिटरको दरले झर्ने पनि चौधरीले स्पष्ट पारेका छन् ।
उनले आयोजनाको लागी ५० हजार, ९ सय ४७ मिटर लम्वाई जिआई पाईप विभिन्न साईजका लाग्ने पनि वताएका छन् । उनले प्रतिदिन १ करोड, ८९ लाख, ८ सय ९० लिटर खानेपानी खपत हुने लक्ष्य सहित निर्माण कार्य थालनी गरिएको सो योजनाको लागी आ.व.०७२÷०७३ मा ३८ लाख खर्च भै सकेको र आ.व.०७३÷०७४ मा ३० लाख रुपयाँ निकासा भै खर्च भइरहेको वताएका छन् । तर उपभोक्ता समितिका अध्यक्ष गोपीकृष्ण भण्डारीले भने पहिलो आर्थिक वर्षमा १४ लाख र चालु आ.व.का साडे ७ लाख गरी हालसम्म साठे २२ लाख मात्र वजेट आएको वताएका छन् । इन्जियिर चौधरीले कुरुलेतेनुपाको जनसंख्या आगामी २० वर्षमा ३९ सय पुग्ने र सो अवधीसम्मको लागी खानेपानी आयोजनाले पुग्ने दावी गरे । तर उनले योजना आ.व.०७४÷०७५ अवको एक वर्षमा सक्नु पर्ने हो तर उपभोक्ताहरुको काम गराईको गति ढिलो भएकाले समय लाग्ने देखिएको वताए । खानेपानी आयोजना कहिलेसम्ममा सकिन्छ त ? भनेर ब्लाष्टले प्रश्न गर्दा आफुले यस्सै भन्न नसक्ने चौधरीले वताएका छन् । दुवै थरिको विचार सुन्दा खानेपानी आयोजना तोकिएको समयमा नसकिनेमा निश्चित देखिएको छ ।