तरहरा / कोशी अञ्चल यातायात ब्यावस्था कार्यलय इटहरीका ८ जना कर्मचारी विरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्धा दायर भएको छ । यातायातमा उठेको राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
तिन जना उपसचिव सहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको मुद्धा दायर भए सँगै यातायातका कर्मचारीहरु फरार भएका छन । यातायात कार्यलयका मुख्य योजनाकार लेखापाल सुरेश अधिकारीलाई सबै भन्दा वढि घोटला गरेको अभियोगमा मुद्धा दायर भएको छ । करोडौ घोटला गरेको भन्दै तत्कालीन समयमा ५ जना कर्मचारीलाई निम्लवन गरेको थियो । २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट उठेको राजश्व जम्मा नगरी अनियमितता गरेको प्रमाण भेटिए पछि मुद्धा दायर भएको अख्तियार दुरुपयोग अनुन्धान आयोग क्षेत्रीय कार्यलय इटहरीका प्रमुख प्रेम भट्टराईले वताए ।एउटैको नाममा पटक–पटक इन्ट्री गरेर रसिद निकाल्ने तर नगद भने बैंकमा नराखी बाँडेर अनियमितता गरेको पुष्टि भए सँगै आईतवार नै मुद्धा दायर भएको हो उनले भने । अख्तियारका अनुसार आर्थिक वर्ष २०७१र७२ मा ६५ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ६१ करोड ७७ लाख रुपैयाँ मात्रै बैंक दाखिला गरेर ३ करोड ९३ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ । आर्थिक वर्ष २०७२ र७३ मा ८४ करोड १९ लाख रुपैयाँ संकलन भएकोमा ५७ करोड ७० लाख रुपैयाँ दाखिला गरेर २६ करोड ४८ लाख रुपैयाँ अनियमितता भएको पाईयो त्यस्तै आर्थिक वर्ष २०७३ र७४ को फागुन मसान्तसम्म ८४ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै दाखिला गरेर ३० करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
मुद्धा दायर भएकै दिन देखि कर्मचारीहरु फरार रहेको कोशी अञ्चल यातायात कार्यलय इटहरीका एक कर्मचारीले नाम नखुलाउँने सर्तमा भने । अख्तियारले यातायात कार्यालय, इटहरीका प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध २ करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । अख्तियारले लेखापालद्वय सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ र देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।मुदा दायर भए सँगै प्रहरीले उनीहरुको खोजी गर्ने थालेको अख्तियारले जनाएको छ । विल भरपाई विनाका करोडौ रुपैयाँ लामो समय देखि अपचलन हुर्दै आउँनुमा ग्लोवल बैकको पनि संलग्नता रहेकोे आंशकामा सम्पूर्ण वैकको विवरण मागको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय प्रमुख भट्टराईले जनाए । आर्थिक भ्रष्टाचारका घट्नामा पहिलो भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले अनुसन्धान अधिकृत तोकेर छानविन सुरु भएको वताए । लेखा र बैङ्क कर्मचारीहरु समेतको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारले बैकलाई समेत पत्र काटेको थियो । अदालतमा मुद्धा दायर भए सँगै यातायता कार्यलयमा कर्मचारीहरु त्रसित भएका छन । कर्मचारीहरु भने भाग्न थालेको कर्मचारी स्रोत्रले वताएको छ ।