शनिश्चरे/नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी) अन्तर्गत देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा सन्तोष गुरुङ उम्मेदवार बन्ने घोषणा भएको छ ।
पत्रकार महासंघको सम्पर्क कार्यालयमा शुक्रबार भएको पत्रकार सम्मेलनबीच मोर्चाका सुरेन्द्र चापागाईले पथरीशनिश्चरे ९ निवासी गुरुङलाई पार्टीले नगरप्रमुखको उम्मेदवार तय गरेको घोषणा गरेका छन् । यो संविधानलाई पश्चगामी संविधानको आरोप लगाउँदै त्यसको सट्टा संघीय जनगणतान्त्रिक संविधान निर्माणका लागि आफ्नो पार्टी निर्वाचनमा सहभागि भएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार गुरुङले नयाँ शिक्षा प्रणाली, विपन्नका लागि प्रभावकारी स्वास्थ्य सेवा, अव्यवस्थित बसोबासको व्यवस्थापन सहितका मुद्धा लिएर निर्वाचनमा आएको बताएका छन् ।