-
Home
-
राशिफल
-
सत्तारुढ र राजपा नेपालबीचको वार्ता निस्र्कषबिहीन
सत्तारुढ र राजपा नेपालबीचको वार्ता निस्र्कषबिहीन
धरान/चुनाव सार्नु पर्ने माग राखेपछि सत्तारुढ पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको वार्ता निश्कर्षविहीन टुंगिएको छ ।
सिंहदरबारमा शनिबार भएको वार्तामा राजपाले चुनाव सार्नु पर्ने अडान राखेपछि सत्ता पक्षले सार्न नसकिने अडान लिएपछि वार्ता निश्कर्षबिहीन बनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित वार्तामा सहभागी थिए ।
बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्राविधिक अन्य समस्या भएमा त्यसलाई सम्बोधन गर्न सक्ने तर, चुनाव नै सार्न नसक्ने बताइएको बताए । वार्ता पुन आइतबार बिहान बस्ने जनाइएको छ ।
राजपालाई नै सहभागी गराउने उद्देश्यले प्रचण्ड सरकारले जेठ ३१ को चुनाव असार ९ हुँदै असार १४ गते पुर्याएको छ । तर, पुनः सार्नु पर्ने अडान लिएपछि भने त्यसलाई सरकार पक्षले ठाडै अस्वीकार गरेको छ ।
राजपाले संविधान संशोधन, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्तिलगायत माग पूरा गरिसकेपछि मात्रै चुनावमा भाग लिने अडान लिदै आइरहेको छ । यता संघीय समाजवादी फोरमले भने पहिलो चरणको निर्वाचनबाटै सहभागी हुँदै आएको छ ।