
धनकुटा/ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ललितपुरले फोहोर व्यावस्थापन सम्वन्धि हालै सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा नेपालका नरपालिकाहरुले संचालन गरिहेको फोहोर व्यावस्थापन तथा संकलन केन्द्रहरु मध्ये धनकुटा नगरपालिका र दाङको घोराही नगरपालिकाले मापदण्ड पुरा गरेको तथ्य सार्वजानिक गरेको छ ।
प्रतिष्ठानले सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा धनकुटा र दाङ नगरपािलकाले संचालन गरेको फोहोर व्यावस्थापन तथा संकलन केन्द्रको साईडहरुको स्थलगत अवस्था हेर्दा वातवरणिय दृष्ट्रिकोणले मापदण्ड पुरा गरेको उल्लेख छ । ल्याण्डफिल्ड साईडको कारणले प्रभाव पर्न सक्ने पानीका श्रोतहरु ल्याण्डफिल्ड साईडको मुनि नभएको र फोहोर व्यावस्थापन क्षेत्रबाट निष्काशन हुने लिचेट निष्काशन नभएकोले जल प्रदुषणको सम्भावानालाई न्युन गरेको पनि वार्षिक प्रतिवेदनमा उल्लेख छ । साथै,विश्व वातवरण दिवशको अवसरमा सार्वजानिक भएको ती प्रतिवेदनमा ल्याण्ड फिल्ड साईडबाट उत्पन्न हुने गन्ध अनुभव नगरिएकोले गन्ध प्रभाव नरहेको निष्कर्ष निकालिएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारका वरिष्ठ वैज्ञानिक भोजराज पन्तका अनुसार धनकुटा र घोराही नगरपालिकाद्धारा संचालित ल्याण्डफिल्ड साईड र तानसेन नगरपालिकाद्धारा संचालित फोहोर व्यवस्थापन क्षेत्रमध्ये धनकुटा नगरपालिकाद्धारा संचालन रहेको ल्याण्डफिल्ड साईडको फोहोर व्यावस्थापन वातवरणिय दृष्ट्रिकोणले उत्तम रहेको वताएका छन् । त्यसैगरी उनले घोराही नगरपालिकाले करौते डाँडामा संचालन गरेको फोहोर व्यावस्थापन क्षेत्रमा भए गरेका कार्यहरुको वातवरणिय प्रदुषणको सम्भावानालाई न्युन गरी स्वाच्छ वातवरण कायम राख्न उल्लेखनिय भुमिका निर्वाह गर्न अनुशन्धानको नतिजावाट पुष्टी भएको वताएका छन् ।
साथै,वैज्ञानिक पन्तले तानसेन नगरपालिकाको सन्दर्भमा निर्माण सम्पन्न ल्याण्डफिल्ड साईडको संरचना र सो क्षेत्रको भौगोलिक अवस्था फोहोर व्यावस्थापन क्षेत्रको दृष्ट्रिकोणले उत्तम रहेको भएता पनि सो क्षेत्रको जनसरोकारको चासो गर्ने विषय भएकाले स्थानिय सराकारवाला सवैले आपसी छलफलद्धारा वातवरणिय ह्रास नहुनेगरी ल्याण्डफिल्ड साईड संचालन लागी पहल गर्नु उत्तम देखिएको वताएका छन् । प्रतिष्ठानले स्थलगत अध्ययनको क्रममा प्राप्त नतिजा, ल्याण्डफिल्ड साईडको स्थगलगत अवलोकनका साथै स्थानिय समुदायसंगको अन्तरक्रिया र फोहोर व्यावस्थापन सम्वन्धि नगरपालिकाहरुवाट प्राप्त जानकारीका आधारमा वातवरणिय प्रदुषण न्युनिकरण लगायत जनस्वास्थ्यमा पर्न सक्ने प्रभावबाट सुरक्षित रहन सरोकारवालाहरुको पक्षमा पाँच वुँदे सुझाव समेत दिइएको छ । प्रतिवेदनमा दिएको सुझावमा फोहोरलाई उत्पादन विन्दु मै कुहिने र नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोरहरुलाई छुट्याई सथापित मापदण्ड अनुसा। व्यावस्थापन गर्नु पर्ने, ल्याण्फिल्ड साईड सकेसम्म कम फोहोर पुग्ने गरी उत्पादित फोहोरलाई उत्पादन केन्द्र मै व्यावस्थापन गरिनु पर्ने, जसका कारण ल्याण्डफिल्ड साईडको आयु वढोत्तरी गर्नको साथै फोहोर ढुवानी गर्न लाग्ने खर्चमा समेत कटौती गर्न मद्धत पुग्ने वताइएको छ । साथै, फोहोर व्यावस्थापनको क्षेत्रमा संलग्न जनशक्तिको स्वास्थ्य सुरक्षाको लागी उनीहरुलाई समय–समयमा पुर्नताजकी तालिम, आवश्याक औजार एवं साधनको व्यावस्था लगायत स्वास्थ्य परिक्षणको प्रवन्ध गरिनु पर्ने लगायत सुझाव रहेका छन् ।
यसै सन्दर्भमा धनकुटा नगरपालिकाले यो वर्ष प्रतिष्ठानको सुझाव अनुसार फोहोर व्यावस्थापन एवं प्रशोधन कार्यमा संलग्न १५ जना कर्मचारीको स्वास्थ्य परिक्षण गर्नुको साथै आवश्याक पुनर्ताजकी तालिम लगायत औजार र साधनको थप व्यावस्था गरेको जनाएको छ । धनकुटा नगरपािलकाका वातवारण शाखाका प्रमुख उपेन्द्र खनालले आगामी दिनमा पनि पनि फोहोर व्यावस्थापन तथा प्रशोधन कार्यमा संलग्न मजदुरहरुलाई हरेक तिन/तिन महिनामा स्वास्थ्य परिक्षण लगायत उनीहरुलाई आवश्याक पर्ने थप सामाग्रीहरुको प्रवन्ध गर्ने कार्यमा नगरपालिकाले नियमित रुपमा ध्यान दिने वताएका छन् । उनले हाल दैनिक रुपमा नकुहिने फोहोर ७ टन संकलन भैरहेको र कुहिने फोहोर वजारवासीले आफैले घरघरमा गडेउला पालन कार्यमा प्रयोग गर्ने गरेको वताएका छन् । धनकुटा नगरपालिकाले नगर क्षेत्रमा वसोवास गर्ने नगरवासीको स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्नाको खातिर स्वास्थ्य संस्थाजन्य जोखिम फोहोर व्यावस्थापन सम्वन्धि गुरु योजना वन्दै गरेको र आगामी एक महिना भित्रमा निर्माण भै सकेर नगर क्षेत्रमा लागु हुने पनि वातवारण शाखा प्रमुख खनालले ब्लाष्टलाई वताएका छन् । यसैविच वुधवार विश्व वैंकको प्रतिफलमा आधारित साहायता परियोजनाका विषय विज्ञहरुको चार सदस्यीय टोलीले ल्याण्डफिल्ड साईडको स्थलगत रुपमा अनुगमन गरेको छ । अनुगमन टोलीलीमा विषय विज्ञ अशोक शाही, रामचरित्र शाहा, दिपेन्द्र वहादुर वली र सुप्रिना श्रेष्ठको सहभागिता रहेको थियो । उनीहरु धनकुटा नगरपालिकाको ल्याण्डफिल्ड साईडको फोहोर व्यावस्थापन प्रणाली राम्रो रहेको वताएका छन् ।