शनिश्चरे/पूर्व व्रिटिस आर्मी झापा दमकका ७३ वर्षीय मेहेरमान लिङ्देनले नगरको ६ नम्बर वडाको वडाध्यक्षका रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
२० वर्ष ब्रिटिस आर्मीमा काम गरेको र त्यसपछि १० वर्षसम्म ब्रुनाईमा रहेर सक्रिय रहेको आफ्नो अनुभवलाई सदुपयोग गर्दै दमकलाई व्यवस्थित सहर बनाउन आफुले नेकपा माओवादी केन्द्रका तर्फबाट वडाअध्यक्षको उम्मेदवारी दिने यसबेला निर्णयमा पुगेको उनले बताए ।
आफ्नो वडालाई हरियाली बनाउने उहाँको मुख्य योजना छ । उनले नयाँको जोसले मात्र नहुने भन्दै पुरानाको होसलाई वडामा सदुपयोग गर्ने तर्क राखेका छन् ।
दमकमा विगत २० वर्षदेखि विभिन्न सामाजिक संघसस्थामा रहेर काम गर्दै आएका उनी दमकमा एफएम रेडियो खोल्ने पहिलो परिकल्पनाकार समेत हुन् । उनी सप्तरंगी एफएमका संस्थापक अध्यक्ष हुन् ।