धनकुटा/ धनकुटाको हिले, उत्तरपानी, छिन्ताङ सडक खण्डमा पर्ने मोटरवाटो निर्माण गर्ने क्रममा निर्माण व्यावासायीले लापार्वाही गरेको स्थानियले थाहा पाएपछि मंगलवार अवरोध गरेका छन् ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक बिभाग डिभिजन सडक कार्यालय धनकुटा मार्फत आर्थिक वर्ष ०७३-०७४ को केन्द्रिय कार्यक्रम अनुसार ३ लाख ५५ हजार, ५ सय रुपयाँ लगानीमा वन्न लागेको ४० मिटर लम्वाई र ३ मिटर चौडाइ भएको सडक निर्माण गर्ने क्रममा ठेकेदारले लापार्वाही गरेको भन्दै स्थानियले मंगलवार अवरोध गरेका हुन । सडक निर्माण स्थल धनकुटा नगरपालिका वडा नं.१ हिले वजारको तोङ्गवा चोक देखी छिन्ताङ्ग तर्फ जाने मोटरवाटो निर्माणको क्रममा ठेकेदारको लापार्वाही स्थानियले सहजै अनुमान गरेपछि निर्माण कार्य रोकेका थिए ।

सडक निर्माणको जिम्मा लिएका धनकुटा निशान देवी कन्ट्रक्सनका प्रोपाईटर गोविन्द थापाले सडक कन्क्रिट ढलाई गर्ने क्रममा २० सेन्टीमिटर फाउण्डेशनको गहि¥याई पु¥याएर ढलाई गर्नु पर्नेमा १० सेन्टीमिटरको तखता राखेर फण्डिसन नै नगरी ढलाई गर्न लाग्दा स्थानियले निर्माण कार्य अवरोध गरेका हुन । स्थानियवासीहरु सोम राना मगर, रमेश तिम्सीना, उधोग वाणिज्य संघ धनकुटाका सल्लाहकार लालचन्द्र गोङ्गवा तामाङ, डिकवहादुर वस्नेत, हिले वजार व्यावस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ तामाङ लगायतले डिभिजन सडक कार्यालय धनकुटावाट इन्जियिनर सुनिल झालाई सडक निर्माण निर्माण स्थलमा वोलाएर नाप्न लगाउँदा २० सेन्टिमिटर गहि¥याई हुन पर्नेमा १० सेन्टी मिटर मात्र पुगेको थियो । उनीहरुले सडक विभाग धनकुटालाई हाल निर्माण भैरहेको सडक खण्ड हिले वसपार्क आसपासको क्षेत्र परेको र ढलाई तिन मिटर वाटो मात्र नभै पुरै वसपार्क ढलाई गरि दिन पनि आग्रह गरेका छन् । सडक विभागका इन्जिनियर झाले भने चालु वर्ष वजेट नभएको र आगामी वर्ष वजेट थप भएर आए पुन काम हुने आश्वासन दिएका छन् ।

स्थानिय समुदायले सडक निर्माण कार्यमा ध्यान दिएको भन्दै चासो राख्ने सवैलाई सडकका इन्जिनियर झाले धन्यवाद दिएका थिए । उनले निर्माण कार्यको स्टेमेट अनरुपको गहि¥याई नपुगेको स्वीकारर्दै निर्माण व्यावसायी गोविन्द थापालाई २० सेन्टीमिटर पुर्ण रुपमा गहि¥याई पु¥याएर मात्र ढलाई गर्न निर्देशन समेत दिएका थिए । उनले जमिनको लेवलवाट २० सेन्टीमटर गहि¥याई पु¥याएर ५ देखी ७ सेन्टिमिटरको उचाईमा रड वुनेर ढलाई गर्नु पर्ने वताएका छन् । निर्माण व्यावासयी गोविन्द थापाले पनि काम गर्ने क्रममा फण्सिन गर्दा सोलिङ गरे वरावरको ढुङ्गा भेटिएपछि त्यही माथि रड विछ्याएर ढलाई गर्न लागेको वताएका छन् ।

इन्जिनियर झा ले चालु आ.व.मा शहरी सडक अन्तर्गत धनकुटाको हिले छिन्ताङ सडक खण्ड, उत्तरपानी, अग्राखे, कात्तिके खोला हुँदै चुङ्गवाङ्ग, निगाले तामाङ टोल हुँदै उत्तरापानी वजार जाने सडक र पाख्रीवास नगरपालिकामा सहरी सडक गरी जम्मा चार वटा साना साना योजनाको जम्मा १४ लाख, २२ हजार रुपयाँ मन्त्रालयवाट विनियोजन भएर आएको र सोही वमोजिम काम भैरहेको समेत स्पष्ट पारेका छन् । उनले विनियोजित वजेट चार भाग लगाएर ३-४ लाखको हाराहारीमा चारै स्थानमा काम भैरहेको वताएका छन् ।

स्थानियवासीहरुले पनि राज्यले विकास निर्माणको लागी छुट्याएको रकम सहि ढंगले सदुपयोग हुन पर्नेमा जोड दिएका छन् । उनीहरुले वर्षामास र असार मसान्त आयो भनेर सर्वसाधरण जनातको खाँमा छारो हाल्ने गरी मात्र काम गरेर २ महिना नवित्दै भत्किने काम नगर्न निर्माण व्यावसायी र सडक विभागका इन्जिनियर झालाई चेतावानी समेत दिएका छन् । हिले हुँदै उत्तरपानी छिन्ताङ्ग २३ किलो मिटर सडकमा दैनिक १८-१९ वटा पिकअफ, यात्रुवाहक वस २ वटा, माईक्रो पानी नपर्दा २ वटा र हरेक दिन मालवाहक ट्रकहरु नियमित गुड्ने गरेका जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले वताएका छन् । निशान देवी कन्ट्रक्सनले ३ मिटर चौडा र ४० मिटर लम्वाईको सडक निर्माणका लागी फण्डिसन नै नगरी १० इन्चिको तखता राखेर ढलाई गर्न लाग्दा स्थानियवासीले अवरोध गर्दै गरेको ।