धरान/सत्यवति गाउँपालिका ७ जुनियाँका ३५ वर्षीय रावण नेपालीले गत जेठ ९ गते आफ्नै ६ बर्षिया नाबालिका छोरीलाई बलात्कार प्रयास गरे ।
मादक पदार्थ सेवन गरेका आरोपितले आमा नभएको बेला बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटका प्रहरी असई सत्यनारायण यादवले बताए । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
त्यस्तै गत फागुन ७ गते सदरमुकाम नजिकै रेसुंगा नगरपालिका ११ का १३ र १४ बर्षिया बालिकाहरु सामुहिक बलात्कारमा परे । रेसुंगा नपा ११ का १८ वर्षीय रमेश तङनामी र १४ वर्षीय सुरज कुवंरले नजिकैको जंगलमा बालिकाहरुलाई सामुहिक बलात्कार गरेका थिए । सोहि दिन प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको थियोे ।
रेसुंगा नगरपालिका १२ का ३१ वर्षीय कृष्ण प्रसाद अर्यालले गते पुस २८ गते १४ वर्षीया बालिकालाई घर नजिकैको पँधेरामा बलात्कार गरे । आरोपितले बालिकालाई बलात्कार गर्नुको साथै हात र घाँटीमा टोकेको असई सत्यनारायण यादवले बताए ।
उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् । यी घटनासंगै १० महिनामा पाँच जना बालिका बलात्कारको शिकार भएका छन् । जसमा कम उमेरकी ६ वर्षीयादेखि १७ बर्ष सम्मका बालिका बलात्कारमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा रहेको छ ।
अपाङ्ग महिला पनि बलात्कृत
रुरु गाउँपालिका–६ रिमुवाका ४६ वर्षीय लक्ष्मी प्रसाद ज्ञवाली गत शुक्रबार दिउँसो ४२ वर्षीया अपाङ्ग महिलालाई बलात्कार गरे । उनका आफन्तले सोहि दिन प्रहरीमा उजुरी दिए । उजुरीको आधारमा प्रहरीले शनिबार ज्ञवालीलाई पक्राउ गर्यो ।
ज्ञवालीले रिमुवाको चिदियारपानी भन्ने स्थानमा पीडित महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए । पीडित महिला बोल्न र सुन्न सक्दैनन् ।
अहिले आरोपित प्रहरी हिरासतमा रहेका छन् । पीडित महिलाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरिएको छ ।
नयाँ पत्रिकाबाट