धरान/नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार साँझ सवा ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएका छन् । ‘मैले नेपालको प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा शेरबहादुर देउवालाई फोन गरेर बधाई दिएँ,’ टेलिफोन वार्तापछि ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्, ‘मैले देउवाको नेतृत्वमा नेपालमा शान्ति, स्थायित्व र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरेँ ।’ नेपालका लागि चीनका राजदूत यु होङले साँझ भेटेरै राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछियाङका तर्फबाट बधाई दिएकी छिन् । राजदूत यु होङ तथा चिनियाँ दूतावासका उच्च अधिकारी देउवानिवास बूढानीलकण्ठ पुगेर बधाई दिएको खबर नयाँ पत्रिकामा छापिएको छ