Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा

alt
  • जेठ २३, २०७४
  • ब्लाष्ट खबर

पथरी/ पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ ।

यसरी सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहँदा जनताले पाउने स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको सेवाग्राहीको भनाइ छ । नयाँ चिकित्सकलाई करारमा नियुक्ति गर्दा जनताले स्तरीय सेवा नपाउने सेवाग्राही पप्पु मिश्राको भनाइ छ । उनले  भने– “नयाँ विद्यार्थीलाई नियुक्ति ग¥यो काम गर्न जान्दैनन्, औषधि लेख्दा गल्ती गर्छन्, त्यसको शिकार जनता हुन्छन् ।” कोसी अञ्चल अस्पतालमा ५३ जना साधारण चिकित्सकको दरबन्दी छ । तीमध्ये ३० जना चिकित्सकमात्रै दरबन्दीमा कार्यरत रहेका छन् । करारमा नियुक्त भएका २२ जना चिकित्सक काम गर्दै आएका छन् । अस्पताल विकास समितिले नियुक्तिमा दुईजना काम गर्दै आएका छन् । अस्पतालमा कायम गरिएको दरबन्दीभन्दा बढी नै चिकित्सक कार्यरत रहँदासमेत सहज तरिकाले पाउनुपर्ने स्वास्थ्य उपचार सेवा नपाइएको सेवाग्राही ३४ वर्षीय सुभाष कामतको भनाइ छ । अस्पतालमा कायम गरिएको दरबन्दीमध्ये, १० भन्दा बढी ११आैँ तहका चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले आठाैँ तहको मेडिकल अधिकृतलाई करारमा नियुक्ति गरेर काममा खटाएको छ । अस्पतालमा १२ वटा विभाग रहेका छन् । ११ आैँ तहका दक्ष चिकित्सक विभागीय प्रमेुख हुने प्रावधान छ तर अस्पतालमा करारमा कार्यरत आठाैँ तहको मेडिकल अधिकृतलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिने गरेको छ । गत वर्ष अस्पतालमा रु छ करोड ४० लाख अनुदान आएको थियो । यसबाहेक अस्पताललाई टिकट, ल्याब, श्ययाको चार्जबापत करिब रु ६० लाख मासिकरुपमा आम्दानी हुन्छ । चिकित्सक कर्मचारीलगायत अस्पतालको भौतिक पूर्वाधारको नाममा रु ८० लाख मासिक खर्च भइरहेको छ । विसं १९४७ मा मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा सञ्चालन भइरहेको सो अस्पताल २०१३ सालमा विराटनगरमा सरेको हो । सुरुमा त्रिभुवन स्मारक अस्पतालको नाममा १० श्ययाबाट सेवा सुरु गरेको अस्पताल पछि कोसी अञ्चल अस्पतालका रुपमा परिणत भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेल देशभरिका सरकारी अस्पतालमध्ये कोसी अञ्चल अस्पताल हरेक हिसाबले सर्वसाधारणलाई सेवा दिने हिसाबले प्रभावकारी रहेको बताए । उनका अनुसार आमा सुरक्षा कार्यक्रम कोसी अञ्चल अस्पतालकोजस्तो सेवा प्रभावकारी अरु कुनै अस्पतालमा छैन । उनले दावी गर्दै भने, “कोसी अञ्चल अस्पताल जत्तिको राम्रो र सबैका लागि पहुँच पुग्ने अरु कुनै अस्पताल छैन ।”

रासस

सम्बन्धित समाचार
डग स्न्यापिङमा १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ

भद्रपुर । डग स्न्यापिङका क्रममा झापाको मेचीनगरमा १२ जना लागूऔषध प्रयोगकर्ता ...

जेन जीको नाममा पीडित भएका धरानेले कहिले पाउने न्याय ?

धरान । जेन जी आन्दोलनको क्रममा सरकारी सम्पत्ति, सम्पदा, प्रहरी कार्यालय तोड ...

मिहिनेतकी पर्याय विभा

विराटनगर । जब चिकित्सा शिक्षा आयोगले एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा न ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
डग स्न्यापिङमा १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ
जेन जीको नाममा पीडित भएका धरानेले कहिले पाउने न्याय ?
मिहिनेतकी पर्याय विभा
वैज्ञानिकको सूचीमा डा. सञ्जीव शर्मा
घरबाट धाउने मन्त्री भाडाबापत पैसा लिँदै
निजी विद्यालयहरुलाई दायरामा ल्याऊ
आजको राशिफलः २०८२ साल कात्तिक २८ गते शुक्रबार
निर्वाचनको निश्चितता छैन, दल दर्ता १२५ पुगे
नक्कली प्रमाण–पत्र पेस गर्ने शिक्षकमाथि मुद्दा दायर
सङ्क्रमणकालीन न्याय चँँडो टुङ्ग्याऊ
आजको राशिफलः २०८२ साल कात्तिक २७ गते बिहीबार
झापाबाट ५४ थान गोलीसहित दुईजना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
द्वन्द्वपीडित भन्छन्–“नकोट्याउनुस् हाम्रो घाउ”
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved