धरान/धरानमा सोमबार राती एक फेरी एक युवा माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका युवाको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।

धरान प्रहरीका अनुसार धरान–१५ का २० बर्षिय युवा सन्तोष तामाङ माथि धरानको पिण्डेश्वरी चौकमा खुकुरी प्रहार भएको हो । घाईते तामाङका मामा महेन्द्र तामाङका अनुसार सोमबार राती १९–२० जनाको समुहमा आएका केटाहरुले खुकुरी प्रहार गरेको बताए ।

खुकुरी प्रहारबाट तामाङको दुबै हातमा चाेट लागेको छ भने टाउकोमा गम्भिर चोट लागेको छ । मामा महेन्द्र तामाङका अनुसार सन्तोषले एक जना नानी बोकी रहेका थिए त्यसैबेला हुल बाधेर आएका केटाहरुले खुकुरीले हानेछन् नानीलाई नलागोस भनेर बचाउदा बचाउदै उसको जीउभरी काटिएछ’ ।

पछिल्लो एक हप्तामा धरानमा दुईपटक खुकुरी आतङक मच्चिएको छ । यी घटनाहरुले धरानमा असुरक्षा बढेको संकेत गर्ने जानकारहरु बताउछन् । सामाजकि सञ्जालहरुमा धरानको शान्ति सुरक्षाको अबस्था निकै कमजोर भएको भन्दै प्रशासनको आलोचना गरिएको छ ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले आक्रमण गर्नेको पहिचान भएको बताएका छन् । उनले उनीहरुको खोजी कार्य भइ रहेको उनले बताए ।