विजयपुर/धरानमा यो बर्षपनि कुकुरहरुको बन्ध्याकरण हुने भएको छ ।
धरान उपमहानगरपालीका,हिमालयन एनिमल रेस्क्यु टस र पेट्स होम धरानको सयुक्त आयोजनामा आयोजना हुने बन्ध्याकरण सात दिन सम्म चल्ने पेट्स होम धरानका सञ्चालक शंकुकर्ण श्रेष्ठले जानकारी दिए ।
जेठ २३ गते देखि ३१ गते सम्म सञ्चालन हुने बन्ध्याकरण शिबिरमा ३ सय कुकुरलाई बन्ध्याकरण गरि रेबिज सुइ लगाउने लक्ष्य रहेको श्रेष्ठले बताए ।