रङ्गेली/ जोगवनीबाट विराटनगर तर्फ आउँदै गरेको ना. १ ख ७५६ नम्बरको गाडी विराटनगरको एम.एम. प्लाष्टिक उद्योग अगाडी सोमबार पल्टिदा १७ जना यात्रु घाइते भएका छन् ।
घाइते भएका मध्धे १० जना गोल्डेन र ७ जना कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख मदन गिरीले जानकारी दिए ।
घाइते मध्धे एकको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । घाइते भएका यात्रुको नाम आउने बाँकी रहेको प्रहरीले जनाएको छ ।ट्राफिक प्रमुख गिरीले भने, ‘विराटनगरबाट जोगवनी तर्फ जाँदै गरेको सिटी सफारीलाई जोगाउन खोज्दा गाडी पल्टिएको देखिन्छ । ’
सिटी सफारी र गाडी पूर्ण रुपमा छती भएको छ । गाडीको चालक फरार भएको हुनाले खोजी कार्य जारी रहेको बताइएको छ ।विराटनगर जोगवनी चल्ने अधिकाशं गाडीहरु धेरै पुरानो गाडीहरु चल्ने गरेको छ ।
त्यही भएर पनि दुर्घटन हुने गरेको प्रमुख गिरीले बताए ।