
विजयपुर/जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरका असई तुलामडी आचार्यले प्रहरी जवान उमेश पुरीमाथि निर्धात कुटपिट गरेका छन् । असई आचार्यको कुटाईबाट प्रहरी जवान पुरीको मुख तथा जिउमा चोट लागेको छ ।
अर्सइ आचार्यले प्रहरी जवानलाई बिना कारण कुटपिट गरेपछि तल्लो दर्जाका प्रहरीहरुले असुरक्षीत महसुस गर्न थालेका छन् ।प्रहरी नियामावली अनुसार गल्ती गर्ने प्रहरीलाई बिभागिय कारबाही गर्ने ब्यबास्था छ । तर असई आचार्यले प्रहरीको बिभागीय असुसाशनलाई समेत चुनौती दिदै आफु भन्दा मुनिका जवानमाथि कुटपिट गरेका हुन ।
नेपालको कानुन र मानबअधिकार सम्बन्धि अन्तराष्ट्रिय कानुनले कुनैपनि ब्यक्तिलाई कुटपिट गर्नु वा आक्रमण गर्नु मानबअधिकार बिपरीत मानिन्छ । पिडित प्रहरी जवान उमेश पुरीका अनुसार डिउटी सिध्याएर कार्यालय आएको बेला एक्कासी लागि गर्दै आफुलाई बक्सीङले हानेको बताए ।‘कार्यालय आउनसाथ अश्लिल गालि गर्दै म माथि कुटपिट भयो पुरीले ब्लाष्टसँग भने ‘मुख रक्ताम्य हुदापनि म माथि कुटपिट भयो ।
उनले आफ्ना कार्यालय प्रमुखलाई घटनाको बारेमा जानकारी गराएपनि कुनै कारबाही नभएको बताए । घाईते प्रहरी जवान गिरीले आफुमाथि बिना कारण कुटपिट भएको र आफ्नै कार्यालयमा आफु असुरक्षीत भएको बताएका छन् ।कुटपिट गर्ने असई आचार्य यस अघि सर्बसाधरणलाई दुखि दिएको प्रमाणीत भएपछि कारबाहीमा परेका थिए ।
बिराटनगरबाट कारबाही गरि पाँचथर पठाइएका आचार्य माथिल्लो निकायको सोर्समा पुन बिराटनगर आएको श्रोतले बताएकोछ । बिराटनगरनै घर भएका असई आचार्यको दरबन्दी बिर्तामोड भएपछि उनी काज मिलाएर बिराटनगर बसेका छन् ।प्रहरी नियमावली अनुसार एउटै ब्यक्ति काजमा एक बर्षभन्दा धेरै बस्न पाउदैन तर आचार्यले माथिल्लो निकायका प्रमुखहरुलाई प्रभाबमा पारेर झण्डै ६ बर्षदेखि बिराटनगरमा बस्दै आएका छन् ।
असई आचार्यले यस अघिपनि बिराटनगरका स्थानियबासी नवराज भट्टराईलाई र्दुब्यबाहार गरेका थिए । भट्टराईले भने ‘मैले भुलबस स्कुटीको ब्लुबुक बोक्न बिर्सेको थिए,चेकिङमा असई आचार्यले अश्लिल शब्द प्रयोग गरि गाली गरेका थिए ।
त्यसबेला उनले रक्सी खाएका थिए भट्टराईले थपे ‘ड्युटिमै रक्सी खाएर गाली किन गर्नु भएका भन्दा उनले मलाई सिकाउने तँ को होस भन्दै र्दुब्यबाहार गरेका थिए ।
प्रहरी जवानमाथि कुटपिट गर्ने असई आचार्यले भने आफुले गाली गरेपनि कुटपिट नगरेको बताए ।गाली गर्दा प्रहरी जवानको मुखबाट रगत कसरी आयो भन्दा उनले भने ‘खै मलाई थाहा भएन’ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरका प्रमुख मदन गिरीले घटनाको बारेमा अनुसन्धान गर्ने बताए ।
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सौरभ राणाले घटनाका बारेमा तत्काल छानबिन गर्न निर्देशन दिने बताए । घटनाको छानबिन पछि दोसीलाई कारबाही हुन्छ एसपी राणाले भने ।