धरान/धरान–धनकुटा रोड अन्तर्गत आपगाछी माथि ट्याम्पू र बोलेरो जिप एकआपसमा ठक्कर खाएका छन् ।
[caption id="attachment_46701" align="alignnone" width="960"]
तस्बिर सहयाेगः बसन्त रार्इ[/caption]
आइतबार अपरान्ह करिव साढे २ बजे को १ ह ४८२१ नम्बरको ट्याम्पूले ठक्कर दिँदा को १ ज २३७३ नम्बरको जिपलाई सामान्य क्षति पुगेको प्रहरीले बताएको छ । प्रहरीलाई जिप चालक टेकबहादुर मगरले प्रहरीमा निवेदन दिएपछि तत्कालीन समयमा फरार रहेको चालकसहित टेम्पो नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक सुमन दाहालले बताए ।
चालक धनकुटा धारापानीका मनकुमार राईलाई पक्राउ गरी मापासे चेकको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ । चेकिङका क्रममा जिरोपोइन्ट भन्दा केही माथिबाट पक्राउ गरिएको प्रत्यक्षदर्शी बसन्त राईले जानकारी दिएका छन् । बोलेरो जिपले प्रशुति बोकेर भेडेटारको नाम्जे तर्फ जाँदै गरेको बताइएको छ ।