रङ्गेली/मोटसाइकल चोरीको आरोपमा विराटनगरको रानीबाट बावुछोरालाई शुक्रबार ईलका प्रहरी कार्यालय विराटनगर रानीले पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर १६ का ४० वर्षिय मुस्तकीम मियाँ र २१ वर्षिय सदरुल मियाँलाई घरबाटै मोटसाइकलको पाटपूर्जासहित पक्राउ गरेको हो ।पक्राउ परेका मुस्तकीम बावु हुन भने सदरुल छोरा हुन् ।
प्रहरीले मियाँको घरमा छापा मारी तीन वटा मोटसाइलको पार्टपूर्जा बरामद गरेको थियो । छोरा सदरुलले चोरीको मोटसाइकलको माटपूर्जा जिकेर ग्यारेजमा विक्री गर्ने गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका बावु छोरा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।पछिल्लो समयमा विराटनगरमा मोटसाइकल चारीको घटना बढन थालेको छ । मोटसाइकल चोरलाई प्रहरीले पक्राउ गरेपछि मोटसाइकल धनीहरुले शुक्रबार मियाँमाथि चोरीको मुद्दा समेत दर्ता गराएका छन् ।