धरान/झापाकी एक महिलाले आफ्ना परपुरुषलाई सहयोग गर्न आफु अपहरणमा परेको नाटक गरेकी छिन ।
प्रहरीले ति महिला र उनका पुरुष मित्रलाई नियन्त्रणमा लिएको छ ।झापाको बिर्तामोडका मेघराज चौहानकी श्रीमती बबिता बस्नेत चौहानले आफु अपहरणमा परेको भनि आफ्नै श्रीमान र दाई कुलमणी बस्नेतसँग ३० लाख रुपैया फिरौती मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरिक्षक ज्ञानबहादुर बिष्टका अनुसार बबिता बस्नेतले र बिष्णु गौतम मिलेर आफु अपहरणमा परेको नाटक गरि फिरौती माग गरेकी थिईन ।
बबिताको पारीवारीक श्रोतका अनुसार बिष्णु गौतम बबिताका अबैध पति हुन । उनका अनुसार अपहरणको नाटक गर्ने बबिताको मोबाइल नम्मरबाट अपरिचित ब्यक्तिले फोन गरि फिरौती रकम माग गरेका थिइन । जेठ ११ गते आफु अपहरणमा परेको नाटक गरेकी बबितालाई जेठ १७ गते सिलाको लालबन्दि स्थित युनाइटेड होटलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दिको सहयोगमा हामीले आफु अपहरणमा परेको नाटक गर्ने बबिता र उनका पुरुषसाथीहरु बिष्णु गौतम लाई होटलमा सँगै बसि रहेको अबस्थामा पक्राउ गरि आबश्यक अनुसन्धान सुरु गरेका छौ प्रहरी निरीक्षक बिष्टले ब्लाष्टसँग भने ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बबिता र बिष्णु बिच आर्थिक लेनदेन हुने गरेको र बबिता र बिष्णुको ऋण तिर्न अपहरणको नाटक गरेको रहस्य खुलेको छ ।