अमेरिका जानका लागि भिसा आवेदन दिनेहरुको अब इमले आइडी तथा सामाजिक सञ्जालको समेत जाँच हुने भएको छ । भारतीय समाचर द इण्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार ट्रम्प प्रशासनले नयाँ फर्म जारी गरेको छ जसको माध्यमबाट भिसा कार्यालयले आवेदनकर्ताको पछिल्लो पासवर्ड, विगत पाँच वर्षको सामाजिक सञ्जालको एकाउन्ट, इमेल तथा फोन नम्बरको जानकारी दिनुपर्ने भएको छ । आवेदकले आफ्नो रोजगारी, यात्रा तथा विगत १५ वर्षको आफ्नो जीवनका बारेमा पनि जानकारी दिनु पर्ने छ । नयाँ व्यवस्था अनुसार फर्ममा सोधिएको प्रश्नहरुको जवाफ नदिए पनि हुन्छ तर भिसा दिने प्रकृया भने लम्बन सक्छ । समाचारका अनुसार यी नयाँ फर्म मे २३ देखि स्विकृत प्राप्त भएको हो ।