धनकुटा/पुवाँरविष्ट क्षेत्री कल्याण समिति नेपालको वुधवार धनकुटाको सिधुवामा सम्पन्न १० औं वाािर्षक साधरणसभा तथा तेश्रो राष्ट्रिय महाधिवेशनले टिका वहादुर विष्ट (काठमाण्डौं) लाई केन्द्रिय अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । पुवाँरविष्ट क्षेत्री कल्याण समिति नेपालका संस्थापक अध्यक्ष सिताराम विष्टको प्रमुख आतिथ्यमा सम्पन्न १० औं वार्षिक सधरणसभा तथा तेश्रो राष्ट्रिय महाधिवेशनवाट उपाध्यक्षमा चन्द्रवहादुर विष्ट (धनकुटा, हिले) सर्वसम्वत चयन गरिएको समितिले जनाएको छ । त्यसैगरी समितिको महासचिवमा रामवहादुर विष्ट (सुनसरी), सचिवमा योगेन्द्र विष्ट (काभ्रे), कोषाध्यक्षमा शिवराम विष्ट (ललितपुर), सह–कोषाध्यक्षमा एकराज विष्ट (झापा), सदस्यहरुमा कृष्णवहादुर विष्ट (इलाम), चन्द्र वहादुर विष्ट ए (मोरङ्ग) र चन्द्र वहादुर विष्ट वि (संखुवासभा) लाई सर्वसम्वत चयन गरिएको समितिका उपाध्यक्ष चन्द्रवहादुर विष्टले ब्लाष्टलाई वताएका छन् । सो अवसरमा चार सदस्यीय समितिको केन्द्रिय सल्लाहकार समिति र ३ सदस्यीय केन्द्रिय संरक्षक मण्डल समेत चयन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा श्यामवहादुर विष्ट (ललितपुर), सदस्यहरुमा कोमल वहादुर विष्ट (काठमाण्डौं), छविलाल विष्ट (धनकुटा सिधुवा) र भक्तवहादुर विष्ट (सुनसरी) लाई सर्वसम्वत रुपमा चयन गरिएको वताइएको छ । त्यसैगरी केन्द्रिय संरक्षक मण्डलको प्रमुख संरक्षकमा सितारम विष्ट ( नुवाकोट), सदस्यहरुमा उद्धव विष्ट (काठमाण्डौ) र शेरवहादुर विष्ट झापालाई चयन गरिएको समितिका उपाध्यक्ष चन्द्र विष्टले वताएका छन् । त्यसैगरी सो अवसरमा जितवहादुर विष्ट (धनकुटा सिधुवा) को अध्यक्षतमा सात सदस्यीय पुवाँर विष्ट क्षेत्री कल्याण समिति नेपालको प्रदेश नंं.१ स्तरिय प्रदेश समिति समेत गठन गरिएको उपाध्यक्ष विष्टले वताएका छन् । वार्षिक सधारण सभा तथा तेश्रो राष्ट्रिय भेला धनकुटाकोे सिधुवा स्थित् मजुवामा रहेको पुवाँर विष्ट क्षेत्रीहरुको कुलाईन मन्दिर सम्पन्न भएको थियो । सो राष्ट्रिय भेलामा पुर्वको भोजपुर, संखुवासभा, सुनसरी, मोरङ्ग, झापा, मोरङ्ग, इलाम, काठमाण्डौं, ललितपुर, भक्तपुर लागयतका गरी देशभरका पुवाँर विष्ट क्षेत्रीहरुको उल्ल्ेख्य सहभागीता रहेको थियो । तस्विर÷पुवाँर विष्ट क्षेत्रीहरुको १० औं वार्षिक सधरणसभा तथा तेश्रो राष्ट्रिय महाधिवेशनमा निर्वाचित पदाधिकारी एवं सदस्यहरु आफ्ने भेषमा । धनकुटाको सिधुवाको मझुवा स्थित् सिधुवामा रहेको कुलाइन मन्दिरमा । तस्विर सौजन्य– चन्द्र वहादुर विष्ट हिले ।