धरान/धरानका टोले गुण्डा कैची भनिने सुरज शाह लागु औषध सहित पक्राउ परेका छन् । उनीसँगै धरान ४ का जनक लिम्बुपनि पक्राउ परेका छन् । बुधबार धरानको तिनकुने बाट पक्राउ परेका कैची र जनकलाई इलाका प्रहरी कार्यालय धरानले लागु औषध सम्बन्धि मुद्धा दर्ता गरि कारबाही प्रकृया थालेको छ ।
धरानमा डेल्टा अप्रेशन अभियान सञ्चालन गरि रहेको प्रहरीले मङगलबार र बुधबार लागुऔषध कारोबार गर्ने छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
डेल्टा अप्रेशनमा खटिएको बिशेष टोलीले धरान उप–महानगरपालिका ८ स्थित तिनकुने, भोटेपुल र धरान १० नारायण चौकबाट पाँच जनालाई पक्राउ गरेको हो।प्रहरीले ईटहरीबाट धरान जाँदै गरेको गरेको को १७ प ६५५२ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा चालक धरान १३ बस्ने १७ बर्षिय सुजन राई, पछाडी सवार धरान १६ बस्ने ३१ बर्षिय सुमन भुजेललाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट प्रहरीले लागूऔषध एभिल १४ एम्पुल, डाईजेल्याब १४ एम्पुल र लुपीजैसिक १४ एम्पुल फेला पारी बरामद गरेको छ। त्यसैगरि धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो।
त्यसैगरि को ५ प ८१५९ नम्बरको मोटरसाईकलमा सवार रहेका धरान ११ बस्ने २३ बर्षिय सकुल अधिकारी र धरान ८ बस्ने २६ बर्षिय कुलदिप साहलाई चेकजाँच गर्ने क्रममा २ बोतल कोरेक्स फेला पारी बरामद गरेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको आधिकारीक वेवसाईडमा उल्लेख छ ।