विजयपुर /धरानमा बुधबार बिहान दुई बृद्धबृद्धा बिच छुरा हानाहान भएको छ । धरान–३ स्थित नाईट वसपार्कमा ५९ बर्षिय भुपाल राईले आफ्नै साथी ४५ बर्षिय अजुव वान्तावा राईलाई छुरा हानि घाईते बनाएका हुन ।
घाईतेको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गभ्भिर अबस्थामा उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाका अनुसार सडकमा सुत्ने दुई बृद्धबिच बिबाद भएपछि ५९ बर्षिय भुपाल राईले अनुजराई छुरा हानेको बताए । छुरा हान्ने भुपाल अपाङग समेत छन ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार घाईते अजुव वान्तावा सात दिन अघि ल्याएको सात सय रुपैया पैसा भुपालले चोरेका थिए ।
बुधबार बिहान पनि भुपालले अजुवको बाकी रहेको २ सय रुपैया चोर्न खोजेपछि बिबाद भएको थियो । बिबाद बढेपछि भुपालले आफुसँग भएको छुरा ले अजुवलाई शरिरको ६ ठाउमा प्रहार गरेका थिए । घटनाको बिस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।