ताप्लेजुङ/सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा पुर्वी पहाडी जिल्ला ताप्लेजुङका लागि २ अर्ब ११ करोड ६२ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
संघीय लोकतान्त्रिक संविधान अनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेटमार्फत सरकारले स्थानीय तहमै बजेट पठाएको हो । आठ वटा गाउँपालीकाको लागि मात्र १ अर्ब ७६ करोड २० लाख ७ हजार रुपैयाँ बजेट आएको छ । फुङ्लिङ नगरपालीकामा ३५ करोड ३२ लाख ६२ हजार रुपैयाँ विनियोजन गरीएको छ । आठराई त्रिवेणी गाउँपालीकामा २० करोड ६५ लाख ८ हजार, फाक्ताङ्लुङ गाउँपालीकामा २५ करोड ९५ लाख ९० हजार बजेट छुट्याईएको छ भने मिक्वाखोला गाउँपालीकामा १७ करोड ५४ लाख ९६ हजार बजेट छुट्याईएको छ । मेरीङ्देन गाउँपालीकामा २२ करोड २४ लाख ६८ हजार, मैवाखोला गाउँपालीकामा १८ करोड ८ लाख ५५ हजार, याङ्वरक गाउँपालीकामा २१ करोड ७३ लाख ४७ हजार रुपैयाँ बजेड विनियोजन गरीएको छ । यस्तै सिदिङ्वा गाउँपालीकामा २१ करोड ८० लाख ७० हजार रुपैयाँ बजेट छुट्याईएको छ । सिरिजंघा गाउँपालीकामा २८ करोड २६ लाख ७३ हजार बजेट बिनियोजन गरीएको छ । जनसंख्या, भौगोलिक बनावट लाई ध्यानमा राख्दै बजेट विनियोजन गरेको सरकारले बताएको छ ।