
पथरी/ भारतको नाकाबाट नेपाल भित्राउदै गरेको अवैध सुर्ती इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको छ । सोमबार सिमा सुरक्षामा खटिएका प्रहरी टोलीले २ जना व्यापारीलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट ४ सय १४ केजी अवैध सुर्ती र १ थान मोटरसाईकल बरामद गरेको इलाका प्रहरी कार्यालय रंगेलीका इस्पेक्टर सन्जिब बाबु खड्काले बताए । पक्राउ गरिएका सामानहरु विरानगर भन्सार कार्यालयमा बुझाइने प्रहरीले बताए ।