धरान/ताप्लेजुङको फुङलिङ नगरपालिकामा गएराति रोकेर राखेको स्वाभेटरमा आगलागी भएको छ ।नगरपालिकाको वडा नं ८ स्थित ल्याङवामा काम सकेर रोकेर राखिएको स्काभेटरमा विहान तिन वजेको समयमा आगलागि भएको हो ।
वेलुका काम सकेर राखेको र विहान अचानक आगो लागेकोले के कारणले आगो लागेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।आगलागिलाई फुङलिङ नगरपालिकाको दमकल साथै प्रहरि चौकि मेवाखा र स्थानिय वासिको सहयोगमा नियन्त्रणमा आएको छ ।
आगलागिबाट मानविय क्षति भने नभएको जिल्ला प्रहरि कार्यलय ताप्लेजुङले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।