भद्रपुर/ चालू आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा झापामा सम्झौता भएकामध्ये ५ सय ४० वटा योजना अभैm सम्पन्न हुन बाँकी रहेको पाइएको छ ।

चालू आर्थिक वर्ष ०७३÷७४ मा झापामा कूल एघार सय ३७ वटा योजनामध्ये एघार सय १९ वटा योजना सम्झौता भएकोमा ५ सय ९७ वटा सम्पन्न भई बाँकी योजना अझै बाँकी रहेको पाइएको हो ।चालू आ.व.को असार मसान्तसम्म ४२ करोड ७८ लाख ७६ हजार ३ सय ४८ रुपैयाँबराबरको योजना सम्पन्न हुन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ । अर्थात् ४८ प्रतिशत योजना सम्पन्न हुन बाँकी रहेको हो । जिल्ला समन्वय समिति, तत्कालीन जिल्ला विकास समितिको योजना शाखाले दिएको जानकारीअनुसार झापामा भौतिक प्रगति ५२ प्रतिशत र आर्थिक प्रगति ४७ प्रतिशत रहेको छ ।

हालसम्म ५२ प्रतिशत मात्र पूर्वाधारसहितको विकास कार्यक्रमका योजना सम्पन्न भएका छन् ।योजनाहरुको कूल बजेट ८० करोड ६१ लख ९६ हजार ६ सय ९७ रुपैयाँ रहेकोमा योजना सम्पन्नतर्प ३७ करोड ८३ लाख २० हजार २ सय ४९ रुपैयाँ भुक्तान भइसकेको छ भने ४२ करोड ७८ लाख ७६ हजार ३ सय ४८ रुपैयाँबराबरको योजना सम्पन्न हुन बाँकी रहेको योजना शाखाका डिल्ली नेपालले जानकारी दिए ।

योजना शीर्षकतर्पm जिविस कोषको २ करोड ४७ लाख ५० हजारको १ सय २६ योजनामध्ये १ सय २२ वटा सम्पन्न भइसकेको छ भने एक करोड १० हजार बराबरको ५२ वटा योजना सम्पन्न हुन बाँकी रहेको नेपालले जनाए ।

जिविस कोष (इलाका) को २ करोड ४६ लाखका ८२ वटा योजनामध्ये ३८ वटा योजना सम्पन्न भएपनि १ करोड ३० लाख बराबरको ४४ वटा योजना बाँकी छ । जिविस अनुदानतर्पmको एक करोड ४८ लाख ५० हजारका ४६ योजनामध्ये २६ वटा योजना सम्पन्न भएपनि ६७ लाख १३ हजार बराबरको २० योजना अभैm बाँकी रहेको उनले जनाए ।यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमतर्पmको २० करोड ४७ लाख ५० हजारका १ सय ६० योजनामध्येका ६९ वटा सम्पन्न भएपनि ११ करोड ५५ लाख ३१ हजार बराबरको ९१ वटा योजना बाँकी छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्पmको ११ करोड ६४ लाखका ४ सय ९७ वटामध्ये २ सय ८२ वटा योजना सम्पन्न भएपनि ४ करोड ७७ लाख बराबरको १ सय ९७ योजना बाँकी छ ।

यसैगरी झोलुङ्गे पुल कार्यक्रमतर्पmको ३ करोड १४ लाख ५० हजारका १२ वटा योजनामध्ये पाँचवटा सम्पन्न भएपनि २ करोड २० लाखका ७ वटा योजना अभैm बाँकी छ ।आर्थिक केन्द्र जोड्ने सडकतर्पmको ७ करोड ६२ लाखका १ सय ३२ वटा योजनामध्ये ६५ वटा योजना सम्पन्न भएपनि ४ करोड ६८ लाखको ६७ वटा योजना बाँकी छ ।

यता खेलकुद विकास कार्यक्रमतर्पmको एक करोड ७० लाखका १६ वटा योजनामध्ये २ वटा योजना मात्र सम्पन्न भएपनि सोही रकम बराबरको १४ वटा अभैm बाँकी छ । स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमतर्पmको २ करोड १८ लाखका २२ वटा योजनामध्ये ८ वटा योजना सम्पन्न भएपनि ९६ लाख ५९ हजार बराबरको १४ वटा अभैm बाँकी छ ।

साँस्कृतिक प्रवद्र्धन कार्यक्रमतर्पmको २ करोड ७७ लाख ५० हजारका ३६ वटा योजनामध्ये २१ वटा सम्पन्न भएपनि १ करोड ३८ लाख २८ हजार बराबरको १५ वटा योजना बाँकी छ ।

साना सिँचाइ नदी नियन्त्रण तथा अन्य पूर्वाधार कार्यक्रमतर्पmको १ करोड ५० लाखका १५ वटा योजनामध्ये पाँचवटा सम्पन्न भएपनि ५७ लाख ८८ हजारका १० वटा योजना बाँकी छ ।

 यस्तै भारतीय राजदूतावास कार्यक्रमतर्पmको १४ करोड २४ लाख ४४ हजारका ४ वटा योजनामध्ये एउटा योजना सम्पन्न भएपनि ५ करोड ५७ लाख ८८ हजार बराबरको ३ वटा योजना अभैm अलपत्रमा छ । र्याप ३ कार्यक्रम (दूधे–शिवगञ्ज सडक समेत) तर्पmको ९ करोड ५० लाखको एउटा योजना अभैm सम्पन्न भएको छैन । भद्रपुरस्थित गिरिजाप्रसाद कोइराला सभागृहको ४ करोड ४१ लाख रुपैयाँको निर्माण कार्य भइरहेको कार्यालयले जनाएको छ ।