भद्रपुर/ राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा झापाको भद्रपुरमा सोमबार एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । सेवा संस्कार समुन्नती संगठनको रुपमा परिचित भद्रपुर मारवाडी युवा मञ्चले आयोजना गरेको स्वास्थ्य शिविरमा वृद्धवृद्धा, बालबालिकासहित २ सय २० जना बढीले सेवा लिएका थिए । ओमसाई पाथिभरा हस्पिटल भद्रपुरको सहयोगमा गरिएको शिविरमा हस्पिटलका सर्जन डा. शशिकुमार सिंह, फिजिसियन डा. श्यामसुन्दर साह, डा. सुमन सिह, डा. पोषण रमन त्रिपाटी लगायतका चिकित्सक तथा नर्सले विरामीहरुलाई चेक जाच गरिएको थियो । स्वास्थ्य जाँच पश्चात विरामीलाई निशुल्क औषधी समेत वितरण गरेका थिए । भद्रपुर मारवाडी युवा मञ्चका अध्यक्ष मुकेश मित्रुकाको अध्यक्षता तथा अग्रज व्यक्तित्व एवम उद्योगी महेश अग्रवालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष हुलासचन्द्र सरिया, भद्रपुर मारवाडी संघका अध्यक्ष सुवोध कोठारी, मारवाडी महिला मञ्चकी उपाध्यक्ष सुनिता कोठारी लगायत उपस्थिती रहेको कार्यक्रमको सञ्चालन युवा मञ्चका सचिव दीपक अग्रवालले गरेका थिए ।