ताप्लेजुङ/गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङमा आठ जना कैदिको कैद मिनाहा भएको छ । जेलमा राम्रो व्यवहार गरेको र आचरण सुधार भएका ८ जना कैदिको मन्त्रि परिषदको निर्णय बमोजिम कैद मिनाहा भएको जिल्ला कारागार ताप्लेजुङले जनाएको छ ।
ताप्लेजुङबाट कैद मिनाहा हुनेमा चार जना डाका मुद्धाका, तीन जना ज्यान मार्ने उद्योग र एक जना नकावधारी चोरीमा संलग्नहरु रहेका छन् ।
कैद मिनाहा हुनेमा फुङ्लिङ नगरपालीका १ का २३ वर्षीय हेमबहादुर मादेन, सोहि स्थानका २६ वर्षीय नविन तामाङ , २५ वर्षीय बादल भनिने मानकुमार मादेन, पथरी ७ मोरङ घर भई हाल धरान ११ सुनसरी बस्ने २७ वर्षीय अनिल भनिने राम लिम्बु रहेका छन् । उनिहरु सबै डाका मुद्धामा जिल्ला कारागार ताप्लेजुङमा कैद सजाय भोगिरहेका थिए ।
यस्तै ताप्लेजुङ मामाङ्खे २ का २४ वर्षीय सञ्जिप लिम्बु र हाम्पाङ ७ का चुर्से भनिने सुरेन्द्र माबोहाङ , चाँगे ८ का ३४ वर्षीय पेम्बा शेर्पाको पनि कैद मिनाहा भएको छ । उनिहरु ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका थिए ।
त्यसैगरी हाङ्पाङ ७ का विनोद आङ्बुहाङ लिम्बुको पनि कैद मिनाहा भएको कारागार स्रोतले बताएको छ । २४ वर्षीय आङ्बुहाङ नकाबधारी चोरीमा संलग्न भएपछि कैद सजाय भोगिरहेका थिए । उनिहरु सबैको व्यवहारमा र आचरणमा सुधार भएकाले कैद मिनाहा भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसिले बताए ।