इलाम/ निर्वाचनविरोधी क्रियाकलाप गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाका थप दुई कार्यकर्तालाई प्रहरीले माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनविरोधी क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालाई एक साताअघि पक्राउ गरेको एसपी सुशीलकुमार यादवले जनाए ।