धरान/ शिक्षा निकेतन स्कुल धरानका एक बिद्यार्थीमाथि गत बुधबार छुरा प्रहार गर्ने मुख्य अभियुक्तलाई वडा प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
गत बुधबार शिक्षा निकेतन स्कुल मा कक्षा १० मा पढ्ने धरान–८ स्थित लाङघालि चौकका अमर मगरलाई छुरा तथा नक प्रहार गरि फरार रहेका नदिम मिया अन्सारीलाई शनिबार साँझ पक्राउ गरिएको वडा प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक जसमान लिम्बुले जानकारी दिए । घटनाका मुख्य योजनाकार मियाँ पक्राउ परेपनि अन्य अभियुक्तहरु फरार रहेको प्रहरीले जनाएको छ ।
मियाँलाई आबश्यक कारबार्हीका लागि इलाका प्रहरी कार्यालय धरानमा पठाइएको प्रनानी लिम्बुले जानकारी दिए ।