[caption id="attachment_45954" align="alignleft" width="419"] धरानकाे साकेला पार्कमा देखिएकाे दृश्य ।[/caption]

काँकडभिट्टा/किरात राई जातिको महान् पर्व चण्डी पूर्णे (उभौली भूमि पूजा साकेला पर्व) शनिबार धुमधामका साथ मनाइएको छ ।राई जातिका कला, धर्म, संस्कृति, भेषभूषाको जर्गेना गर्ने उद्देश्यले किराँत राई यायोक्खा माथिल्लो मागुरमाडी प्रारम्भिक समितिद्वारा आयोजित कार्यक्रममा बुट्टाबारी, बुधबारे र माथिल्लो मागुरमाडी प्रारम्भिक समितिले साकेला सिली नृत्य प्रस्तुत गरेका थिए ।

मागुरमाडीस्थित साकेला थानमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवम् किराँत राई यायोक्खाका जिल्ला सचिव केबलराम राई, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष पंकजविक्रम नेम्बाङ, काङ्ग्रेस झापा सचिव प्रेम सम्बाहाम्फे, माथिल्लो मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ का अध्यक्ष बमबहादुर बेघा, बिट नम्बर २ का अध्यक्ष कर्म गौतम, आयोजक काँकडभिट्टा प्रारम्भिक समिति अध्यक्ष धनबहादुर राई, समाजसेवी गोपाल खड्का, माओवादी केन्द्रका मेयर पदका उम्मेदवार हंशलाल राजवंशी, युवा समाजसेवी मुकेश लिम्बूलगायतले बोलेका थिए ।

आयोजक समितिका अध्यक्ष मणिकुमार राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत दिलीप राई, औचित्यमाथि प्रकाश खेम राई र सञ्चालन रञ्जिता राईले गरेकी थिइन् ।