धरान/धरान–इटहरी सडक खण्डको बिश्वकर्मा मन्दिर छेउमा शनिबार राती मोटरसाइकल दुर्घटना हुदा दुईजना घाईते भएका छन् । घाइते हुनेमा बिराटनगर ५ का केशब निरौला र बिराटनगर ४ कि आइषा राणा रहेका छन् ।

उनीहरुको टाउको ,हात र खुटटामा चोट लागेको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठामा रहेको प्रहरी पोस्टले जनाएको छ । सडकमा बालुवार ढुङगा थुपारिएका कारण दुर्घटना भएको बताइएको छ । घटनाका प्रतक्ष्यदर्शी पत्रकार सञ्जीब वाग्लेका अनुसार सडकमा राखिएको बालुवा र ढुङगाका कारण मोटरसाइकल चिप्लीएर लडेको थियो ।