पथरी/ मोरङको सुनबर्षी नगरपालिका–२ स्थित अमरदहमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।
शनिबार दिउँसो घरमा केबल जोड्ने क्रममा करेन्ट लागेर ३० वर्षीय कमल खड्काको मृत्यु भएको हो । खड्कालाई रङ्गेली अस्पतालमा लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको रङ्गेली इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जीवबाबु खड्काले बताए ।