विजयपुर/ गत बिहीबार मोरङको बेलबारी–१० स्थित भाउन्नेको जङ्गलमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको पहिचान खुलेको छ । बेलबारी इलाका प्रहरी कार्यालयका अनुसार मृत व्यक्ति दमक–१२, हाटखोलाका चतुरमान राई भएको पुष्टि भएको छ । मृतक राईकी श्रीमती भद्रकुमारी राईले शबको पहिचान गरेको प्रहरीले जनाएको छ । राई गत बिहीबार भाउन्नेको जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।