पथरी/मोरङको सुनबर्षी नगरपालिका -२ स्थित अमरदहमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ ।
शनिबार दिउँसो घरमा केवल जोड्ने क्रममा करेन्ट लागेर ३० बर्षिय कमल खडकाको मृत्यु भएको छ । खड्कालाई उपचारको लागि रंगेली अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका इस्पेक्टर सन्जिव बाबु खड्काले बताए ।