धरान/विधिसम्मत तरिकाले उम्मेद्वारी छनौट नगरेको भन्दै एमालेको एक पक्षले शनिबार पार्टी नगर कार्यालय तालाबन्दी गर्दै धर्ना दिएका छन् ।
[caption id="attachment_45866" align="alignnone" width="974"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
पार्टीले आफू निकटस्थ रहेकाहरुलाई उम्मेद्वार बनाएको आक्रोसमा जिल्ला सदस्यलगायत क्षेत्रीय कमिटीका सदस्यहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्दै धर्ना दिएका छन् । धरान उपमहानगर विशेष इलाका कमिटी संर्घष समिति नाम दिएर धर्नामा बसेका हुन् । धर्नामा जिल्ला सदस्य भुवन मोक्तान, क्षेत्रीय सचिवालय सदस्य हर्क चुम्मे लगायतका नेता कार्यकर्ताहरुले कार्यालय तालाबन्दी गरेका हुन् ।
‘पार्टीभित्रको गुटगत स्वार्थको विरुद्ध हाम्रो अभियान हो ।’ जिल्ला कमिटी सदस्य भुवन मोक्तानले भने, ‘यो पार्टीभित्र विकृति विसंगति देखियो । निरन्तर पार्टीमा लागेका हामीलाई मूल्यांकन गरिएन् ।’ मोक्तान धरान–७ बाट अध्यक्ष पदका आकांक्षी रहेका थिए । तर, पार्टीले नगर अध्यक्षमा जीवनराज सुवेदीलाई उठाएको उनको भनाइ छ । क्षेत्रीय सदस्य हर्क चुम्मेले पार्टी विरुद्ध नलागी गलत प्रवृतिविरुद्धको आन्दोलन भएको बताए ।
पार्टीमा निरन्तर काम गरिरहेकाहरुलाई मूल्यांकन नगरी जुन ढङ्गले पार्टी अघि बढेको छ त्यसले पार्टीलाई ठूलो क्षति पुग्ने चुम्मेले बताए । चुम्मे पनि वडा नम्बर १० बाट अध्यक्षका आकांक्षी हुन् । यता पार्टीले भने श्री सुब्बालाई अध्यक्ष पदमा उठाएको छ ।
यता पार्टीका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर राईले विधि अनुसार बाहेक अर्को व्यक्तिलाई नपाठएको बताए । उनले असन्तुष्टहरुलाई लिखित रुपमा दिनको लागि आग्रह गरेका छन् । उनले सिफारिस कमिटिले जुन नाम सिफारिस गरेको छ आफूहरुले त्यो बाहेकको नाम सिफारिस नगरेको स्पष्ट पारेका छन् ।