यसैगरी ताप्लेजुङ सदरमुकाम फुङ्लीङको एक होटलमा बेलुकी खाना खाएर सुतेका ट्रक चालक सुतेकै ठाँउमा मृत फेला परेका छन् ।

फुङ्लिङ नगरपालिका– ४ मा स्टाफ होटलमा खाना खाएर सुतेका ना २ ख ८५६९ नम्बरको ट्रकका चालक गणेश खवास आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

झापा घर भएका अन्दाजी ४०-४५ वर्षीय खवास सहचालकसँगै सुतेका थिए । बिहान उठ्ने क्रममा उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। रासस