पथरी/स्थानिय बासिन्दाहरुको व्यापक विरोध पछि रंगेली बसपार्क निमार्णका लागी ल्याएको कमसल सामाग्री फिर्ता भएको छ ।नेपाल सरकारको ९६ लाख र रंगेली नगरपालीकाको संयुक्त लगानीमा निमार्णधीन रहेको बसपार्कमा ठेकेदारले कमसल इट्टाको प्रयोगको विरोध गरेपछि ठेकेदारले इटा फिर्ता गरेको हो ।

असार मसान्त भित्रमा निर्माण गरिसक्ने गरी ठेक्का पाएको श्रेष्ठ कन्ट्रक्सन विराटनगरले १ करोड ६ लाखमा ठेक्का पाएको थियो । ठेकेदारले बसपार्क निर्माणको क्रममा सिराहबाट कमसल(न्यून) गुणस्तरको इट्टा ल्याउने गरेका थिए ।

स्थानिय बासिन्दाहरु इट्टाकोे गुणस्तर देखेर नगरपालीकालाई खवरदारी गरे पछी नगरपालीका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद रेग्मी, प्राविधिक इन्जीनियर श्याम सुन्दरसिंह सहितको टोलीले बसपार्कको स्थलगत अनुगमन ठेकेदारलाई सो इट्टा प्रयोग नगर्न सचेत गराएका थिए ।

स्थानिय मोसिम आलमका अनुसार नगरपालीकासंग सम्झौता भएअनुसार १ नम्बर इट्टा प्रयोग नगरी ठेकेदारले गुणस्तरहीन कमसल इट्टा प्रयोग गरेको आरोप लगाए ।

ठेकेदारले बसपार्क निर्माणको क्रममा पुरानो टहरा भत्काउदा निस्कीएको इट्टा समेत प्रयोग गरेको स्थानियबासीले आरोप लगाएका छन् । रंगेली नगरपालीकाले अनुगमन गर्ने क्रममा स्थानियहरुले पुरानो टहराको प्रयोग गरेको इट्टा समेत उखालेर फालेका थिए ।

स्थानिय भुवन रायका अनुसार निर्माण सामाग्री प्रति चित्त नबुझेकाले ठेकेदारको कमि कमजोरी स्पष्ट देखीएको बताउदै सम्झौता अनुसार काम नभएको आरोप लगाए ।

अर्का नइम आलमका अनुसार आफुहरु विकाश कार्यको विरोधी नभई गुणस्तरीय कामको पक्षमा रहेकाले निर्माणको क्रममा गुणस्तरहिन काम भईरहेकाले विरोध गरेको बताए ।

यता श्रेष्ठ कन्ट्रक्सन विराटनगरका ठेकेदार राम प्रसाद श्रेष्ठले अर्को इट्टा ल्याएर काम सुचारु गर्ने बताउदै पुरानो टहराको इट्टा प्रयोग गरेको विषयमा आफु बेखवर रहेको बताए ।