इलाम/इलाम नगरपालिका एक साविकको साखेजुङ्ग गाविसका याम बहादुर गुरुङ्ग(कमल)ले प्रथम विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् ।
गुरुङ्गले जेठ २ गते १६ मेका दिन सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।गुरुङ्ग इलाम जिल्लाकै सबैभन्दा पहिलो पटक सगरमाथाको चुचुरो चुम्न सफल व्यक्ति बनेका छन् ।
विस २०३४ पौष २३ गते जन्न्मेका कमलको सानैदेखि सगरमाथा चड्ने लक्ष्य रहेकाले उनले विभिन्न डकुमेन्ट्री अध्ययन गरि सगरमाथाको आरोहण गर्ने सोच राखेको र कडा मेहेनतका साथ सगरमाथाको चुचुरोमा पुग्न सफल भएको उनको भनाई छ ।ग्ुारुङ्ग सन् १९९९ बाट बेलायतमा वीर गोर्खालीको रुपमा भर्ति भई काम गर्दै आएका छन् ।
सन् २०१५ मा बेलायतमा गोर्खालीको भर्ना सुरु भएको दुई सय वर्ष पुगेको अवसरमा गोर्खालीहरु सहित ब्रिटिश आर्मीलाई सगरमाथा चड्ने अवसर पाएपछि कडा प्रतिस्पर्दाका साथ छनौट भएका थिए ।
चार जना गोर्खाली सहित नौ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।टोलीलाई सगरमाथा चड्नका निमित्त सन् २०१३ बाट नै छनौट गरि तालिम दिएको थियो ।
सन् २०१५ मा नेपालमा विनाशकारी भुकम्पका कारण सबै तयारी पुरा भएतापनि चड्न नसकेको र २०१७ मा भने सफलपूर्वक आरोहण गरेको गुरुङ्गले बताए । सगरमाथा आरोहण गर्नुपूर्व स्कटल्याण्ड, स्वीटजरल्याण्डको अल्ललिहोन ४२,७०० मिटरको समेत आरेहण गरेका थिए ।
यस्तै सन् २०१४ मा मकालु हिमालको पनि आरोहण गरेको बताए । दोस्रो पटकको कठिनाई सामना गरि गत जेठ २ गते सर्वोच्च शिखरको चुचुरो टेक्न आफ्नो कठिन परिश्रम रहेकाले सफल भएको बताए ।
उनले सगरमाथाको आरोहण आफूले मात्र नगरि सिङ्गो इलामेले आरोहण गरेको अनुभव भएको बताए । समेत ग्ुारुङ्गलाई नेकपा एमाले पार्टीको नगर संगठनले सम्मान गरेको छ ।
प्रथम पटक इलामे पुत्रले सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्नु भनेको इलामलाई विश्वसामु परिचित गराउनर रहेकाले यसलाई इतिहासको रुपमा,गौरवको रुपमा र संस्थागत रुपमा स्थापित गर्न प्रतिबद्धता गर्दै पार्टीका नगर संगठनका सयोंजक महेश बस्नेतले बताए ।