धरान /धरान उपमहानगरपालीकाको मेयरमा एमालेबाट तारा सुब्बाको उमेद्धारी लगभग पक्का भएको छ । उपमेयरमा भने टुङगो हुन बाकी रहेको एमाले श्रोतले जनाएको छ ।
तारा सुब्बा एमालेका कार्यकर्ताले रुचाएका नेता मानिन्छन् । प्रस्ट र स्पस्ट बक्ताको रुपमा चिनिएका सुब्बा धरानका निर्णयक नेताको रुपमापनि चिनिन्छन् । एमाले श्रोतका अनुसार धरानमा तारा सुब्बाको उमेद्धारी पक्का जस्तै भएको छ ।
हुनत कार्यकर्ताले धरानको मेयरको रुपमा तारा सुब्बाका पक्षमा भोट माग्न थालेको झण्डै दुई महिना भई सकेको छ । उता नेकापा माओबादी केन्द्रले भने युवा नेता अइन्द्रबिक्रम बेघालाई मेयरको उमेद्धार बनाउने घोषणा पहिलेनै गरि सकेको छ ।
बेघा माओबादी बृत्तमा कुसल युवा नेताको रुपमा चिनिएका छन् । नेपाली काङग्रेशको उमेद्धारको टुङगो भने अझै लाग्न सकेको छैन । काङग्रेश श्रोतका अनुसार आज शुक्रबार सम्ममा काङग्रेशले धरानको उमेद्धारको टुङगो लगाउने छ ।
नेपाली काङग्रेश धरानका पुर्व सभापती किशोर राईले टिकट पाउने चर्चा गरिएको छ । हुनत टिकटको लाईनमा बर्तमान सभापती तिलक राई र महाधिबेशन प्रतिनिधी पर्वत राईको पनि चर्चा उत्तिकै छ ।
तर काङग्रेश सभापती देउवासँग सिधा सम्पर्क भएका कारणपनि किशोर राईले टिकट पाउने सम्भावना रहेको श्रोत बताउछ ।उता काङग्रेशबाट मनिता घिमिरेलेपनि मेयरमा उमेद्धारीको दाबी गरेकी छिन् ।
उनले सञ्चारमाध्यमहरु मार्फत मेयर पदमा आफ्नो उमेद्धारी दिने घोषणा गरेकी छिन् । धरान उपमहानगरपालीका देशकै आर्कषक र सबैको चासोको रुपमा हेरीएको नगरपनि हो ।