[caption id="attachment_45690" align="alignleft" width="447"] घाईते बिद्यार्थी[/caption]

विजयपुर/शिक्षा निकेतन स्कुल धरानका एक बिद्यार्थीमाथि बुधबार आक्रमण भएको खुलासा भएको छ ।

शिक्षा निकेतन स्कुल मा कक्षा १० मा पढ्ने धरान–८ स्थित लाङघालि चौकका अमर मगरलाई आफ्नै साथी नदिम मिया अन्सारीले छुरा र नक प्रहार गरि घाईते बनाएका छन् ।

मियाँले बिद्यालय बाहिरका अन्य साथीहरु बोलाएर आक्रमण गरेको अमरले बताएका छन् ।वडा प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार अमरलाई ढाडमा छुरा र टाउकोमा नक ले प्रहार गरिएको थियो ।

घाईते अमरलाई वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पश्चाल डिस्चार्ज गरिएको छ । आक्रमण गर्ने नदिम फरार रहेको वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब निरीक्षक जसमान लिम्बुले बताए ।

झगडा किन भयो भन्ने बिषयमा अनुसन्धान भई रहेको उनले बताए । फरार रहेका मियाँको खोजी कार्य भईरहेको छ,घटना कसरी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौ लिम्बुले भने ।

शिक्षा निकेतन स्कुलका प्रध्यानाध्यापक उमेश गुरागाइले बिद्यालयमा घटना भएको स्वीकार गरेका छन् । ‘झगडा भएको अर्कै सँग रहेछ,आक्रमण अर्कैलाई भएछ’ प्रअ गुरार्गाइले भने‘घाईते बिद्यार्थीै निदोश रहेको हामीले पाएका छौं ।

यसैबिच घाईते अमर मगरका अभिभाबकले बिद्यालयमा असुरक्षा बढेको भन्दै चिन्ता ब्यक्ति गरेका छन् । बिहिबार बिद्यालयमा पुगी अभिभाबकले बिद्यालयमा शान्ति पुर्वक आफ्ना छोरा छोरीले पढ्न पाउने वातावरण नभएको भन्दै आक्रोश पोखेका थिए ।