धरान/धरानको शिबधारामा रहेका पेट्रोल पम्प देखि केही माथि बुधबार राती युवाहरु बिच गर्लफ्रेण्डलाई आँखा लाएको बिषयमा झगडा परेको छ । राती करिब साढे १० बजे गर्लफ्रण्डलाई जिस्क्याएको भन्दै युवाहरु बिच झगडा परेको बताइएको छ ।
धनकुटाबाट धरान स्थिती वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिरामी परेका आफन्त भेट्न आएका श्याम बहादुर भुजेलका अनुसार पेट्रोल पम्प देखि केही मास्तीर रोडमै युवाहरु बिच झगडा भइरहेको थियो ।
युवाहरुको एउटा समुह दुबै पक्षलाई मिलाउन खोजेको पनि देखिएको थियो उनले भने ‘रोडमा झण्डै पाँच मिनेट म पनि लुकेर बसें,पछि केही युवाले आइन्दा गर्लफ्रेण्डलाई आँखा नलाउनु भन्दै सम्झाउन खोजी रहेका थिए । केहीबेर पछि झगडा शान्त भएपनि युवाहरु बिच बिबाद भईरहेको अबस्थामा आफु हिडेको भुजेलले बताए ।
उनले धरानको जीरो प्वाईन्टमा भेटेका प्रहरीलाई घटना बारे जानकारी गराएको बताए । तर धरान प्रहरीले भने घटनाबारे कुनै जानकारी नभएको बताएको छ ।यस बारेमा हामी जानकारी लिन्छौ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने ‘हामीलाई अहिले सम्म घटनाको बारेमा जानकारी आएको छैन ।’