धरान/नेकपा एमाले निर्बाचन परिचालन कमिटी धरानले बुधबार धरानमा सञ्चारगृह सञ्चालक तथा सम्पादकहरु सँग अन्र्तकृया गरेको छ ।अन्र्तकृयामा सहभागि बक्ताहरुले धरानमा एमाले पहिलेबाटनै मिडिया मैत्रि भएको भन्दै धरानमा सञ्चारमाध्यमहरुको अबस्था बिकाशका लागि लागि पर्नु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै ब्लाष्ट टाईमस दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्किले धरानलाई एमालेले मिडिया रिसर्च सेन्टरको रुपमा बिकाश गर्नु पर्ने बताए । स्थानिय पत्रपत्रिकाको बिकाशका लागि समानुपातीक बिज्ञापन बितरण तथा लोक कल्याणकारी बिज्ञापनको ब्यबस्था गर्नु पर्ने कार्कीले सु्झाब दिए । कार्यक्रममा बोल्दै औजार दैनिकका प्रधान सम्पादक भिम राई ज्वालाले एमालेले स्थानिय सञ्चार माध्यमहरुसँग जहिलेपनि समन्वयत्मक भुमिका खेलि रहेको र एमालेले धरानका मिडियालाई नजिक बाट चिनेको बताए । उनले धरान सञ्चार क्षेत्रको राजधानीको रुपमा बिकाश गर्न आबश्यक रहेको सुझाए ।बिष्फोटन दैनिकका समाचार सम्पादक तथा पत्रकार महासघं सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले धरान क्षेत्रमा रहेका सञ्चारमाध्यमका समस्याहरु पहिचान गरि समाधान गर्न एमालेले प्रभाबकारी भुमिका खेल्नु पर्ने बताए । मार्निङ टाईम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक सागर भट्टराईले एमालेले स्थानिय तहको निर्बाचनलाई आफ्नो पक्षमा पार्न धरानमा रहेका केही बिकाशका योजनाहरुको बारेमा लागेका आक्षेपहरुलाई स्पस्ट पार्नु पर्ने बताए । उनले धरानमा ठुलो दल भएको हिसाबमा एमालेले बिकाशका योजनाहरुमा जस तथा अबजस लिनु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै दिब्य रोशनी साप्ताहीककी प्रकाशक तथा सम्पादक मनिता चाम्लिङले एमाले माथि नियोजीत रुपमा केही आरोपहरु लाग्ने गरेको भन्दै त्यस तर्फ एमाले नेतृत्वले सचेत हुनु पर्ने बताईन । कार्यक्रममा बोल्दै दन्तकाली एफएमका स्टेशन म्यानेजर दुर्गा भुजेलले एमालेले सञ्चार माध्यमको बिकाशकालागि राहतका कार्यक्रमहरु ल्याएर त्यसलाई नियमित सञ्चालनकालागि ब्यबस्था मिलाउनु पर्ने सुझाब दिएका थिए । दन्तकाली एफएमकै समाचार प्रमुख तिर्थ कार्कीले एमालेका उमेद्धार र घोषणा पत्र सार्बजनिक नहुनुका बिषयमा जिज्ञासा राख्दै धरान इटहरी सडक खण्ड अन्र्तगत धरान भोटेपुल क्षेत्रमा भत्किएको सडक मर्मतका बिषयमा राजनैतिक दलको चासो नपुगेको बिषयमा ध्यानाकर्षण गराएका थिए । उपस्थित सञ्चारगृहका सञ्चालक तथा सम्पादकहरुको जिज्ञासालाई सहजीकरण गर्दे एमाले धरानका अध्यक्ष तथा मेयरका दाबेदार तारा सुब्बाले धरानमा रहेका सञ्चार माध्यमको बिकाशकालागि आफुले बिगत देखिनै योजनाहरु पेश गरेपनि कार्यन्वयनको तहमा नआएको बताए । स्थानिय तहको निर्बाचनले स्थानिय सरकार निर्माण गर्ने भएकाले स्थानिय सरकारमा पुगेपछि नितीगत निर्णय नै गरेर सञ्चार माध्यमहरुको बिकाशकालागि काम गर्ने बताए । कार्यक्रममा बोल्दै एमाले सुनसरीका सचिबालय सदस्य तथा निर्बाचन परिचालन कमिटी का संयोजक प्रकाश राईले एमाले जनतामैत्री दल भएकाले जनताका राय र सुझाबका आधारमा हरेक निर्णयहरु लिने भएकाले धरानमा आफ्नो बलियो उपस्थिती देखाउन सक्ने आधार भएको बताए । बिकाश निर्माणका बिषयमा एमाले माथि जस र अबजस आईरहेको भन्दै उनले ठुलो दल भएका हिसाबले त्यसको जिम्मेवारी लिन तयार भएको बताए ।एमाले सुनसरीका सचिबालय सदस्य तथा एमाले धरानका इन्चार्ज प्रदिप भण्डारीले उमेद्धार र घोषणा पत्र केही दिन भित्रमै सार्बजनिक हुने बताए । हामीले घोषणा पत्रलाई अन्तिम रुप दिन लागेका छौ,उमेद्धारहरुकोपनि लगभग टुङगो लाग्दै छ,केही दिनमा हामी सार्बजनिक गर्नेछौ भण्डारीले भने ।