धरान/ मङगलबार धरान–१५ स्थित शिबगंगा बस्ति बगरकोटमा नेकपा एमाले टोल कमिटीले आयोजना गरेको टोल भेला तथा कोण सभामा माओबादी केन्द्र परित्याग गरि १५ जना नेकपा एमालेमा प्रबेश गरेका छन् ।
नेकपा एमालेले लिएको निती र बिकाशका एजेण्डाले मात्र नेपाल र नेपालीको हित हुने भन्दै उनीहरु एमालेमा प्रबेश गरेको एमाले सुनसरी क्षेत्र नं १ का उपाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए । धरान र धरानमा रहेका सुकुम्बासीहरुको समस्या समाधान गर्न एमालेले मात्र सक्ने भन्दै उनीहरु एमालेमा प्रबेश गरेको इवारमले जानकारी दिए ।
उनीहरुलाई एमाले सुनसरी जिल्लाका सचिबालय सदस्य मुरारी सुबेदी,जिल्ला सदस्य मञ्जु भण्डारी,एमाले सुनसरी क्षेत्र नं १ का अध्यक्ष इन्द्रबहादुर राई,उपाध्यक्ष नरेश इवारम,एमाले धरानका अध्यक्ष तथा मेयरका दाबेदार तारा सुब्बा,एमाले धरानका उपाध्यक्ष नारायणप्रसाद सुबेदी,सचिब राजमणी निरौला लगायतले अबिर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तथा मेयर पदका दाबेदार तारा सुब्बाले स्थानिय तहको निर्बाचनमा एमालेले जीत हासिल गरेपछि पाँच बर्ष भित्रमा धरानका सुकुम्बासीहरुले सम्मानीत जीबन बाच्न सक्ने आधारत बनाउने बताए ।
सुकुम्बासीलाई जमिनको मालिक बनाउदै रोजगारीको ब्यबस्था समेत गर्ने गरि एमाले धरानमा योजना समेत तयार गरि सकेको बताउदै उनले एमालेले बिगतमापनि सुकुम्बासीका अधिकार प्राप्तीका आन्दोलनमा निर्णयक भुमिका खेलेको स्मरण गराए ।
माओबादी केन्द्र परित्याग गरि सुकमाया मगर ,धुर्बकला राई,सानुका लिम्बु,निशा दिवाली,कोमलिका राई,कुमारी तामाङ,सागर तामाङ,कबिराज मोक्तान तामाङ,मेनुका दर्जी,रिया दर्नाल,सन्तोष तामाङ,अशोक तिरुवा र आशिस राइ रहेका छन् । उनीहरुले नेकपा एमालेका प्रत्येक उमेद्धारलाई सुर्य चिन्हमा मतदान गरि जिताउन लागि पर्ने बताएका छन् ।