धरान/नेपाल तामाङ घेदुङ प्रदेश नं. १ ले ‘स्थानीय तहको निर्बाचनमा तामाङ समुदायको भूमिका’ विषयमा धरानमा सोमबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा अध्यक्ष मोहन गोलले स्थानीय तहको निर्वाचनलाई घेदुङले तामाङ आन्दोलनबाट उठेका मुद्दाहरुलाई स्थापित गर्ने अवसरको रुपमा लिएको बताए । उनले यो निर्वाचन मार्फत् नै ताम्सालिङ पहिचान र अधिकारको सवाल स्थापित गर्दै जाने बताए । प्रदेश नं. १ का अध्यक्ष मित्रसेन योन्जनका अनुसार कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका सयभन्दा बढी नेता, कार्यकर्ता तथा तामाङ उमेदवारहरुको सहभागी थिए । यसै बीच विभिन्न पार्टीबाट सुनसरी जिल्लामा उमेदवारको रुपमा प्रस्तुत भएका एक दर्जन बढी तामाङ उमेदवारहरुको परिचयसमेत गराइएको थियो ।