विजयपुर/स्थानिय तहको निर्बाचनलाई केन्द्रित गरेर नेकपा एमाले धरानले आफ्ना चुनाबी गतिबिधीलाई थप तिब्रता दिने भएको छ ।मङगलबार निर्बाचन प्रचार उप समितीको बैठकले निर्बाचन केन्द्रित गतिबिधीलाई थप भब्य र सभ्य बनाउन योजना बनाएको निर्बाचन प्रचार समितीका संयोजक राजमणी निरौलाले बताए ।

निर्बाचन आचारसंहिताको पुर्ण पालना गर्दै चुनाबी गतिबिधीलाई भब्य र सभ्य बनाउन बिभिन्न योजनाहरु बनाईएको निरौलाले बताए । एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले अन्य दलहरु एमालेको बिरुद्धमा लागेपनि निर्बाचन आयोगले तय गरेको आचारसंहिताको पालना गर्दै आफ्ना गतिबिधी सञ्चालन गर्न निर्देशन समेत दिएका छन् ।

‘एमाले राजनैतिक संस्कार बोकेको परिपक्व र अभिभाबक पार्टि भएकाले स्थानिय तहको निर्बाचनको महत्व र एमालेका भिजनका बारेमा जनतासँग कुरा गर्न उनले कार्यकर्तालाई आग्रहपनि गरेका छन् ।