धरान/ धरानमा बाँदरको आतङक बढ्न थालेपछि बाँदर पिडित धरानबासी र धरान उपमहानगरपालीका सयुक्त रुपमा बाँदरको आतङक नियन्त्रणका लागि सक्रिय भएका छन् ।

बाँदरले घर भित्र छिरेर आक्रमण गर्ने तथा खानेकुरा खाने खाईदिने ,कपडा च्यातिदिने जस्ता क्रियाकलाप गरेर बाँदरले दुख दिएपछि स्थानियहरु आन्दोलित समेत भएका थिए ।

यसै बिच गत आईतबारबाट बाँदरका कारण बाँदर पिडित धरानबासी र धरान उपमहानगरपालीकाले धरानबाट बादर हटाउने अभियानमा लागेका छन् ।

बाँदर पिडित धरानबासी र धरान उपमहानगरपालीकाको सयुक्त पहलमा भारतबाट प्राबिधिक टोलि ल्याइ धरानका बाँदरहरु समात्ने कार्य भईरहेको बादर ब्यबास्थापन उपभोक्ता समितीका उपाध्यक्ष राजीब हलवाईले बताए ।

मङगलबार सम्ममा करिब २ सय वटा बाँदर समातीएको उनले बताए । खास गरि धरान १ र १४ नम्मर वडाका बासिन्दालाई बाँदरले दुख दिदै आएको थियो । स्थानियहरुले बाँदर ब्यबस्थापनको माग राख्दै पटक पटक धरान उपमहानगरपालीकामा समेत ज्ञापन पत्र बुझाएका थिए ।