विजयपुर/अहिले धरानमा सर्बाधिक चर्चाको बिषय बनेको छ ‘धरान रिङरोड’ । पुर्वको पर्यटकिय केन्द्रको रुपमा परिचित धरानलाई बिकाश गर्ने बिभिन्न योजनाहरु बन्न थालेका छन् । धरान ब्यापारीक तथा औधोगिक केन्द्रको रुपमा बिकाश हुन सकेको छैन,त्यसको बिकल्पमा धरानलाई अन्य पुर्वाधार बिकाश गरि वातावरण मैत्री नगरको रुपमा स्थापित गर्दै पुर्वको ‘ आर्कषक केन्द्र’को रुपमा धरानलाई बिकाश गर्ने योजनाहरु धेरै अघिबाट सुनिदै आएका हुन् । पछिल्लो समय धरानलाई पर्यटन,संस्कृती,खेलकुद जस्ता क्षेत्रबाट बिकाश गर्नु पर्ने सुझाबहरुपनि आउन थालेका छन् ।धरानलाई यसरी बिकास गर्न‘ धरान रिङरोड’को अबधारण अहिले निकै चर्चामा छ । धरानमा रिङरोड बनाउने बिषयमा २०४८ साल बाटै बहस थालिएको पाईन्छ । २०४८ सालमा भएको संसदिय निर्बाचनमा धरानबाट बिजयी भएका एमाले नेता तथा पुर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले धरानमा रिङरोड बनाउने योजनालाई अगाडि सारेको पाईन्छ । धरानमा रिङरोड बनाउने निर्णय गर्न मन्त्रीपरिषदमा प्रस्ताब लैजाने तयारी भएकैबोला सरकार ढालिएपछि योजना अगाडि नबढेको एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बा बताउछन् । त्यसपछिपनि हामीले रिङरोड बनाउने बिषयलाई उठान गरि रहेका छौं,२०६९ सालमा एमालेले धरानको २० बर्षे बिकाशका योजनाहरु बनाउदै ‘भिजन धरान’ तयार गरेका छौ यसमा हामीले धरानको रिङरोड कसरी बनाउने भन्ने बिषयको खाका नै तयार पारेका छौ सुब्बाले भने ‘रिङरोड’ को बिषयमा अध्ययनगर्न हामीले आफ्नै खर्चमा प्राबिधकहरुकोपनि सहयोग लिएका थियौं । धरानमा रिङरोडको परिकल्पना एमालेले पहिलेनै गरेको भएपछि पछिल्लो समयमा योजना नै बनाएर राखेको बताए । ‘आफुले बनाएको योजना पुरा गर्न र आफ्नो योजनाको बारेमा अरुलाई बुझाउन निकै समस्या पर्दो रहेछ मेयरका उमेद्धार सुब्बाले भने‘ अब हुने स्थानिय तहको निर्बाचन पछि धरान उपमहानगरपालीका अधिकार सम्पन्न हुने भएकाले एमालेले जित हासिल गरे पहिलो चरणबाटै धरानमा रिङरोड बनाउने योजनालाई अगाडि बढाउने योजना छ । अरु पार्टिका साथीहरु जितेर नेतृत्वमा पुग्नु भयो भने पनि ‘ धरान रिङरोड’ बनाउने योजना अगाडि बढाउनु पर्छ,हामी सहयोग गछौं । धरानको बिकाशकालागि यो वा त्यो हैन सबैको साझा धारण हुनु पर्छ सुब्बा सुनाउछन् । धराने जनताले उपभोग गर्ने सुबिधाकालागि नेतृत्व जसको भएपनि सहयोग सबैले गर्नु पर्छ उनले थपे‘ हामी सबैको उदेश्य भनेको धरान र धरानेको उन्नती हो ।नेपाली काङग्रेशका नेता तथा नेपाली काङग्रेशबाट मेयरका दाबेदार किशोर र्राइले धरानमा रिङरोडको आबश्यक्ता रहेको बताए । धरानमा रिङरोड बनाउने बिषय चुनाबी नारा र सस्तो लोकप्रियतामात्र हुनु हुदैन भन्ने बिषयमा हामी सचेत छौं उनले भने धरानमा रिङरोड बनाउने बिषय चुनाबी नारा मात्र हैन सबैको साझा योजनाको रुपमा अगाडि ल्याउनु पर्छ । यो बिषयमा नेपाली काङग्रेशले योजना बनाईरहेको र केही दिन भित्रमा यसलाई सार्बजनिक गर्ने उनले बताए । यो बिषयमा नेपाली काङग्रेशले योजना बनाईरहेको र केही दिन भित्रमा यसलाई सार्बजनिक गर्ने उनले बताए । उनले धरान उपमहानगरपालीकामा नेपाली काङग्रेशले नेतृत्व गरे यो बिषयलाई पहिलो चरणबाटै अगाडि बढाउने बताए । यदि हामी उपमहानगरको नेतृत्व गर्न सकेनौ भनेपनि ‘बिकाशमुखि प्रतिपक्ष’को रुपमा धरानको बिकाश का लािग लागि रहने बताए । धरानको बिकाश गर्ने जिम्मा हाम्रो हो हामीले जसो गर्दा धरान धरानेलाई फाइदा हुन्छ त्यसरीनै काम गर्नु पर्छ राईले भने ।माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा माओबादीबाट धरानका मेयरका उमेद्धार अइन्द्रबिक्रम बेघाले ‘धरानमा रिङरोडको परिकल्पना गरेको बताएका छन् । हामीले धरानमा रिङरोडको परिकल्पना गरेर योजना अगाडि सारेका छौ स्थानिय श्रोत साधनको अधिकतम उपयोग गरि केन्द्र र प्रदेशबाट बजेटको ब्यबस्थागरि निर्माण गर्ने हाम्रो सोच छ उनले भने । धरानका सबै क्षेत्रलाई समेट्दै कुनैपन भौतिक संम्रचनाहरु (खासगरि घरहरु) नभत्काई रिङरोड बनाउने योजना रहेको बेघाले बताए । धरानको बिकाशको सवालमा सबैको साझा धारणा आउनु पर्नेमा उनले पनि जोड दिए । जसको नेतृत्वमा भएपनि धरानको बिकाश हुनु पर्छ त्यसकालािग हामी आफैपनि नेतृत्व गर्न तयार छौं भने अरु नेतृत्वमा आए सहयोग गर्न तयार छौं बेघाले भने